खानेपानी महशुलमा २५ प्रतिशत छुट

प्रताप विष्ट

हेटौडा — कोरोना भाइरस (कोभिड—१९) संक्रमणको कारण सबै क्षेत्र प्रभावित हुँदै आएको छ । सरकारले कोरोना भाईरसको सक्रमण, रोकथाम र नियन्त्रण गर्ने उद्देश्ये चैत १० गतेदेखि लकडाउन गर्दै आएको छ । 


कोरोना भाइरस (कोभिड—१९) संक्रमणको कारण सबै क्षेत्र प्रभावित हुँदै आएको छ । सरकारले कोरोना भाईरसको सक्रमण, रोकथाम र नियन्त्रण गर्ने उद्देश्ये चैत १० गतेदेखि लकडाउन गर्दै आएको छ ।


राहत दिने उद्देश्यले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले चैत महिनाको न्यूनतम् महशुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।


‘चैत महिनाको न्यूनतम् महशुलमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेका छौं,’ बोर्डका कार्यकारी निर्देशक सुदर्शन ढकालले बताए ।


खानेपानी व्यवस्थापन बोर्डको न्यूनतम् महशुल ८५ रुपैयाँ रहेको छ । बोर्डले फागुन र चैत महिनाको पानी महशुलमा २०७७ वैशाख मसान्तसम्म भुक्तानी गर्दा जरिवाना नलाग्ने व्यवस्था गरेको निर्देशक ढकालले बताए । खानेपानी व्यवस्थापन बोर्डको सेवा क्षेत्रभित्र १७ हजार ८ सय धारा रहेका छन् ।

प्रकाशित : चैत्र १७, २०७६ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

महाकालीपारि करिब ५ सय नेपाली अलपत्र 

मनोज बडू

दार्चुला — नेपाल र भारतमा लकडाउनका कारण चार दिनदेखि भारत पिथौरागढ जिल्लाको धारचुलामा करिब पाँच सय नेपाली अलपत्र परेका छन् । शुक्रबार राति सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल खुलाएर धारचुलामा अलपत्र परेका दुई सय २५ जनाको उद्धार गरे पनि सोही रातिदेखि मानिसहरु थपिँदै आएर सोमबार बिहानसम्म ५ सय पुगेका हुन् ।

भारतका विभिन्न ठाउमा मजदुरी गरेर फर्किएका उनीहरूले महाकाली पुलको गेट नखोलिएको भन्दै आइतबार बेलुकातिर सरकारविरुद्ध नाराबाजी गरेका थिए । भारतमा कोरोना संक्रमण फैलिदै गएपछि उनीहरू घर फर्किएका थिए । तर, नेपाल–भारत जोड्ने पुलको गेट बन्द गरिएको हुँदा उनीहरू नेपाल प्रवेश गर्न पाएका छैनन् । सबैलाई राख्न सदरमुकाममा क्वारेन्टाइन नभएको र सरकारले नभन्दासम्म पुल खोल्न पनि नसकिने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । यसअघि दुई पटक उद्धार गरिसकेको र तेस्रो चरणको उद्धारका लागि पहल भइरहेको उनको भनाइ छ ।

भारतको डिडिहाट, दर र सोबलालगायतका विभिन्न ठाउँहरुमा मजदुरी गर्न पुगेका दार्चुला, बैतडी, बझाङलगायत अन्य जिल्लाका नेपालीहरु धारचुलामा अलपत्र परेका हुन् । भारतमा मजदुरी गर्न गएका तिनीहरुलाई भारतीय पक्षले आफ्नो देश जान भनेपछि नेपाल फर्किन हिँडेका हुन् । पुल क्षेत्रमा सबैभन्दा बढी बैतडी जिल्लाको पुर्चौडी क्षेत्रका मानिसहरु रहेका छन् । ‘भारतको डिडीहाटबाट दुई/तीन दिन हिँडेर धारचुला पुगेको पनि चार दिन भयो । पुल खुल्छ भन्ने आशले यहाँ आएको थिएँ,’ बैतडी पुर्चौडी–३ का पदमबहादुर धामीले भने, ‘साँझ खुल्छ भन्छन् । अहिलेसम्म खुलेको छैन ।’ नेपाल सरकारले आफ्नै नागरिक नचाहिएको जस्तै गरिरहेको उनको गुनासो छ ।

लकडाउनपछि पनि पहिलो दिन धारचुलाको पुल खुलेपछि भारतमा रहेका नेपाली मजदुरहरु आउन थालेका हुन् । उनले भने, ‘कोही पुल खुल्छ भनेर डेरामा बसेका पनि घर फर्कन थाले । अहिले पुल नै खोलिरहेका छैनन् ।’ रोजगारीको सिलसिलामा भारतको विभिन्न स्थान गएका नेपालीहरु भारतले गरेको लकडाउन तथा नेपाली सीमानाका बन्द भएका कारण उनीहरु अलपत्र परेका हुन् ।

डिडिहाटबाट दुई दिनसम्म पैदल हिँडेर थाकेका उनीहरुलाई खाना र बासकै पनि समस्या भएको पुर्चौडी नगरपालिका–३ कै करन धामीले बताए । उनीहरुले महाकाली नदी किनारमै रात गुजारेका छन् ।

प्रकाशित : चैत्र १७, २०७६ १३:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×