कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन जना क्वारेन्टाइनमा

नुवाकोट — देश बाहिरबाट आएका ३ जनालाई विदुर नगरपालिका १ त्रिशूलीको शैक्षिक तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरु होम क्वारेन्टाइनमा नबसेपछि उक्त शैक्षिक तालिम केन्द्रको भवनमा राखिएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए ।


उनीहरुलाई विदुर नगरपालिकाका दुई नगर प्रहरीसहितको टोलीले टाढा बसेर सुरक्षा दिइरहेका छ । विभिन्न देशबाट जिल्ला भित्रिएका स्थानीयलाई होम क्वारेन्टाइन बस्नेहरु थपिंदै गएका छन् ।


सोमबार बिहानसम्ममा १ सय १२ जना पुगेको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए ।

प्रकाशित : चैत्र १७, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?