कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

विदेशबाट फर्किएकाहरुको घरमै पुगेर ज्वरो परीक्षण

राजेन्द्र मानन्धर

दोलखा — कोभिड— १९ संक्रमणको जोखिम बढ्दै गएपछि जिल्लामा देशबाहिरबाट आएकाहरुको घरघरै गएर ज्वरोको परीक्षण गर्ने निर्णय भएको छ ।

कोभिड— १९ जोखिम न्यूनीकरण जिल्ला समन्वय समितिक संयोजक डबल पाण्डेको अध्यक्षतामा भएको बैठकले प्रत्येक पालिकाको स्वास्थ्यकर्मीहरुले घरघरै गएर परीक्षण गर्दा उच्च ज्वरोको बिरामी पाइए आइसोलेसनमा राख्ने निर्णय भएको छ ।

भीमेश्वर र जिरीका नगरप्रमुख, सात वटा गाउँपालिका अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख र स्थानीय तहका स्वास्थ्य संयोजकहरुसहितको बैठकले उक्त निर्णय गरको हो ।

शनिबार बसेको बैठकमा कोभिड— १९ विरुद्धको तयारीको क्रममा जिल्लास्थित सबै पालिकासहितको संयुक्त प्रयासमा दुई स्थानमा स्वाव संकलन केन्द्र र चार स्थानमा आइसोलेसन स्थापना गर्ने निर्णय भएको छ ।

हाल सदरमुकाम चरिकोटस्थित प्रस्तावित चरिकोट अस्पतालमा कोरोना परीक्षण गर्न स्वाव संकलन गरिदै आएकोमा जिरी अस्पतालमा पनि उक्त व्यवस्था गरिने निर्णय भएको छ । बैठकले चरिकोट, जिरी, किर्नेटार र सिंगटीमा विशिष्ट सुविधासहितको क्वारेन्टाइन स्थापना गर्ने निर्णय भएको समितिका संयोजक पाण्डेले बताए ।

जिल्ला विपद व्यवस्थापन समितिमा भएको दुई करोड रुपैयाँलाई कोभिड— १९ विरुद्धको कार्यमा खर्च गर्ने निर्णयसमेत भएको छ । उक्त कार्यमा दुई नगर र सात वटा गाउँपालिकाले आवश्यकताका आधारमा कोषमा रकम जम्मा गर्ने र प्रदेश सरकारसँग पनि सहयोग माग गर्ने निर्णय भएको छ ।

दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन र कालाबजारीलाई नियन्त्रण गर्न खाद्य र इन्धनको नियमित अनुगण र वितरणको व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीसहितले अनुगन कार्यको व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ । सबै पालिकाहरुले मुख्य बजार क्षेत्र, स्वास्थ्य केन्द्रहरुमा एन्टिभाइरस औषधिहरुहरु छर्कने निर्णय गरिएको छ ।

साथै, आमसञ्चारमाध्यमसँग कोभिड— १९ विरुद्धको अभियानमा सहकार्य गरेर अघि बढ्न योजना बनाइने निर्णय भएको छ । बैठकले जिल्लास्तरमा कोभिड— १९ विरुद्धमा कार्य गर्न समिति निर्माण पनि गरिएको छ ।

प्रकाशित : चैत्र १५, २०७६ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?