कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पीपीई प्रदान  

काठमाडौँ — इन्ट्रिग्रेटेड ग्रुपका अध्यक्ष तथा सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका भरत पराजुलीले कोरोना भाइरस (कोभिड–१९) का बिरामीको उपचारमा संलग्न चिकित्सकका लागि ४० सेट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रदान गरेका छन् । पराजुलीले शनिबार स्वास्थ्य मन्त्रालयको आपतकालीन तथा विपद् व्यवस्थापन इकाइलाई उक्त पीपीई हस्तान्तरण गरेका हुन् ।  

पीपीई प्रदान  

व्यक्तिगत लगानीमा उपलब्ध गराइएको हरेक पीपीई सेटमा एन–९५ माक्स, चस्मा, हेलमेट, शरीरमा लगाउने कपडा, जुत्ता एवं यसको कभर, स्यानिटाइजरलगायत विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारका आठ प्रकारका सामग्री छन् ।


प्रकाशित : चैत्र १५, २०७६ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?