१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ज्यालादारी मजदुरलाई उपमहानगरपालिकाद्वारा खाद्यान्‍न वितरण

हेटौडा — दैनिक ज्यालावनी गरेर पेट भर्दै आएका निर्माण मजदुरहरुलाई  हेटौडा उपमहागनरपालिकाले खाद्यान्न उपलब्ध गराएको छ । 

ज्यालादारी मजदुरलाई उपमहानगरपालिकाद्वारा खाद्यान्‍न वितरण

लकडाउनका कारण चुल्होमा आगो वल्न छोडेका दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकाहरुलाई उपमहानगरपालिकाले खाद्यान्न उपलब्ध गराएको हो । लकडाउनको कारणले अधिकांश निर्माण मजदुरहरु भोकभोकै रहेका छन् ।


निर्माण मजदुरहरुको संगठन क्युपेक मकवानपुरलाई उपमहानगरापालिकका मेयर हरीवहादुर महतले चामल,दात र नुन उपलब्ध गराएका थिए । क्युपेकका अध्यक्षलगायत पदाधिकारीहरुलाई एक हजार केजी चामल, २ सय केजी दाल र एक सय केजी नुन हस्तान्तरण गरेका थिए ।


क्युपेक मकवानपुरले पनि थप एक लाख बराबरको खाद्यान्न खरिद गरेर भोकभोकै परेका निर्माण मजदुरहरुलाई खाद्यान्न वितरण गर्ने संस्थाका अध्यक्ष प्रताप राईले वताए ।


सम्बन्धित वडाको सिफारिसमा खाद्यान्न उपलब्ध गराएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित : चैत्र १५, २०७६ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?