३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मकवानपुरमा कमाण्ड पोष्ट गठन

प्रताप विष्ट

हेटौडा — मकवानपुरमा कोरोना भाईरस (कोभिड–१९)को रोकथाम तथा प्रतिकार्यको कामलाई थप तीव्रता दिन कमाण्ड पोष्ट गठन गरिएको छ । बिहीबार बसेको सर्वदलीय बैठकले विश्वव्यापी रुपमा देखिएको कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि कमाण्ड पोष्ट गठन गरेको हो । 

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको उपस्थितीमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षतमा बसेको बैठकले कमाण्ड पोष्ट गठन गरेको हो ।


समितिमा जिल्ला समन्वय समितिका अधिकृत, हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य संयोजक, जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख, हेटौंडा अस्पतालका मेडिकल सुपेरीटेन्डेड र उद्योग वाणिज्यसंघका अध्यक्ष सदस्य रहेका छन् । बैठकले सबै सदस्यहरुलाई विशेष जिम्मेवारी समेत तोकिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले बताए ।


बैठकले जिल्ला समन्वय समितिका अधिकृत भीमलाल मर्जजनलाई जिल्लाका १० वटै स्थानीय तहका १०२ वटै वडामा भारतलगायत तेस्रो मुलुकबाट आएका श्रमिकको लगत संकलन गर्नुका साथै ती व्यक्तिहरुको हालको स्वास्थ्य अवस्थाका बारेमा विवरण तयार पार्ने जिम्मेवारी दिइएको छ ।


हेटौंडा उपमहानगरपालिकालाई नगर भित्रका स्वास्थ्य सम्बन्धी लगत संकलन गर्नुका साथै हेटौंडा–११ मा संचालित ३० वेडको क्वारेन्टाईनको संचालन तथा व्यवस्थापनको जिम्मेवारी दिएको छ ।


स्वास्थ्य कार्यालय मकवानपुरलाई जिल्लाको स्वास्थ्य गतिविधिको तथ्याङक संकलन गर्नुका साथै स्वास्थ्य कर्माचरीले प्रयोग र व्यवस्थापनको जिम्मेवारी दिइएको छ । हेटौंडा–४ स्थित श्रमिक माविमा संचालित आईसियु र आईसोलेशन वार्डको व्यवस्थापन हेटौंडा अस्पतालका मेडिकल सुपेरिटेन्डेड प्रविन श्रेष्ठले गर्ने र यसको सहयोगिको भुमिकामा हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोला चौलागाईले गर्ने निर्णय भएको छ ।


उद्योग वाणिज्य संघ मकवानपुरलाई नेपाल सरकारद्वारा घोषित लकडाउनको समयमा अत्यावश्यक सामग्रीको सहज आपुर्ती तथा व्यवस्थापन एवम् लकडाउनको समयमा हुन सक्ने सम्भावित कालोबजारी समेतको निगरानी गर्ने जिम्मेवारी दिईएको छ ।


यसका साथै कोभिड–१९ सम्भावित संक्रमणको जोखिम तथा रोकथाम तथा नियन्त्रण गर्न सेल्फ क्वारेन्टाईन तथा होम क्वारेन्टाईनलाई स्थानीयस्तरमा प्रभावकारीरुपमा पालना गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रकाशित : चैत्र १४, २०७६ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?