१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तीन बालकसहित चार जना थुनामुक्त

प्रताप विष्ट

(हेटौंडा) — हेटौंडा उपमहानगरपालिका—११ थानाभर्‍याङस्थित बालसुधार गृहका तीन बालक र भीमफेदी कारागारमा रहेका एक व्यक्तिसहित चार जनालाई जिल्ला अदालत मकवानपुरले रिहा गर्न आदेश दिएको छ ।

तीन बालकसहित चार जना थुनामुक्त

कोरोना भाइरस संक्रमणबाट जोगिन तीन बालक र भीमफेदी कारागारमा रहेका एक युवकलाई जिल्ला अदालत मकवानपुरका न्यायाधीश दिल्लीरत्न श्रेष्ठको बिहीबार बसेको इजलासले छाड्ने आदेश गरेको थियो । अदालतले छोडेकोमध्ये लागूऔषधको विज्याई गरेको ठहर गर्दै एक बालकलाई एक वर्ष चार महिना कैद गर्ने फैसला गरेको थियो ।


उक्त बालक स्कुलमा भर्ना भएको अदालतमा जानकारी दिएपछि बाँकी कैद स्वत: कट्टा हुने फैसला गरेर छाडिएको छ । त्यसैगरी अर्का बालक सवारी साधन दुर्घटनामा विज्याई गरेको आरोपमा पुर्पक्षका लागि थुनामा छन् । उनलाई अदालतले खोजेको अवस्था उपस्थित गराउने सर्तमा अभिभावकलाई जिम्मा लगाएको श्रेस्तेदार केशवप्रसाद कौशिकले बताए । जबर्जस्ती करणीमा एक वर्ष ४ महिना कैद तोकिएका अर्का बालक पनि छुटेका छन् । सवारी ज्यान मुद्दामा भीमफेदी कारागारमा रहेका एक युवकलाई पनि छोड्ने आदेश दिइएको छ ।


सरकारले कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउने उद्देश्यले कारागार र बालसुधार गृहहरुमा रहेका एक वर्ष भन्दा कम कैद भुक्तान गर्न बाँकी रहेकाहरुलाई छाड्ने नीतिअनुसार अदालतले ३ बालकसहित चार जनालाई छाडेको हो ।


प्रकाशित : चैत्र १४, २०७६ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?