२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

हात्तीको आक्रमणबाट दम्पती घाइते

राजकुमार कार्की

सिन्धुली — दुधौली नगरपालिका–२ गिचिहानीमा बिहीबार बिहान जंगली हात्तीको आक्रमणबाट दम्पती घाइते भएका छन् । घरमा आएका दुइटा जंगली हात्तीले आक्रमण गर्दा गिचिहानीका ४५ वर्षीय देबु धामी र उनकी ४८ वर्षीया श्रीमती फुलवती घाइते भएका वडासचिव हेरम्बराज अधिकारीले जानकारी दिए । 

घरमा आएको हात्ती धपाउन खोज्दा सुडले बेरेर फाल्दा घाइते भएका श्रीमान्‌को अवस्था जटिल छ । उनको खुट्टा र टाउकोमा चोट लागेको छ । घाइते दुवैको आमा मेमोरियल अस्पताल डकाहामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र १३, २०७६ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?