सिन्धुलीमा १०३ शय्याको क्‍वारेन्टाइन तयार

हरेक वडामा कोरोना नियन्त्रण तथा रोकथाम समिति
राजकुमार कार्की

सिन्धुली — कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका प्रत्येक स्थानीय तहमा वडास्तरीय समिति बनाउन सुरु भएको छ ।

सिन्धुलीमा १०३ शय्याको क्‍वारेन्टाइन तयार

कमलामाइ नगरपालिकाबाट सुरु भएको समिति निर्माणको काम ९ वटै स्थानीय तहका ७९ वटा वडामा हुनेछ । प्रजिअ योगेन्द्रप्रसाद पण्डेका अनुसार समितिले अन्यत्रबाट हालसालै घर फर्किएका तथा आफ्नो वडामा भम्रण गर्ने नयाँ व्यक्तिको नाम, थर, ठेगाना र सम्पर्क नम्बर सहितको विवरण संकलन गर्नेछ ।


विवरण संकलन र स्वास्थ्य सम्बन्धी परामर्श गर्नका लागि स्थानीय महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने र विवरण संकलन गरिएका त्यस्ता व्यक्तिलाई स्थानीय तहले बनाएको भए क्वारेन्टाईनमा नभए होम क्वारेन्टाईनमा राखिने प्रजिअ पाण्डेको भनाइ छ ।


कमलामाई नगरपालिकाले ३० ओटा पीपीई सेट वितरण गरेको छ । यस्तै,जिल्ला अस्पताललाई १०,सेनालाई ५, प्रहरीलाई ५,सशस्त्रलाई ५ सेट पीपीई वितरण गरिएको छ । यसैबीच बिहीबारसम्म सिन्धुलीमा १०३ वटा क्वारेन्टाइन शय्या निर्माण भएका छन् ।


जिल्लाका ९ वटै स्थानीय तहमा क्वारेन्टाइन निर्माण भइरहेका छन् । आइसोलेसन कक्ष जिल्ला भरिमा १४ वटा निर्माण भएका छन् । कमलामाइमा ३९ वटा क्वारेन्टाइन ३ वटा आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

प्रकाशित : चैत्र १३, २०७६ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?