ठप्प हेटौंडा

प्रताप विष्ट

(हेटौंडा) — कोरोना भाइरसबाट बच्‍न र बचाउनका लागि सरकारले मंगलबार मुलुकभर घोषणा गरेको 'लकडाउन'ले बिहानदेखि नै हेटौंडा बजार ठप्प छ । लामो दूरीबाट आएका सवारी साधनहरुलाई प्रहरीले गन्तव्यतर्फ पठाएको छ । सडकमा सवारी साधन लिएर हिँड्नेहरुलाई जाँच गरेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

ठप्प हेटौंडा

स्थानीय प्रशासनले सञ्‍चारकर्मीहरुलाई पासको व्यवस्था नहुन्जेलसम्म सञ्‍चारमाध्यमको परिचयपत्रलाई मान्यता दिँदै समाचार संकलन गर्न दिने व्यवस्था गरेको छ ।


सरकारले कोरोना भाइरस संक्रमणबाट जोगाउन भन्दै सोमबार साँझ आजदेखि लागू हुने गरी एक हप्ता लकडाउन लागू गरेको हो ।

प्रकाशित : चैत्र ११, २०७६ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?