मोटरसाइकल दुर्घटनामा वडाध्यक्षसहित २ जना सख्त घाइते, हेलिकप्टरबाट उद्धार

हरिहरसिंह राठौर

धादिङ — जिल्लामा आइतबार अपराह्‍न भएको मोटरसाइकल दुर्घटनामा गल्छी गाउँपालिका वडा नं १ का अध्यक्ष पूर्णप्रसाद खतिवडा र चालक सख्त घाइते भएका छन् । 

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षसहित २ जना सख्त घाइते, हेलिकप्टरबाट उद्धार

गल्छीबाट फोस्रेटार–सुनौलाबजार हुँदै धादिङबेंसी आउँदै गरेको प्रदेश ०३–००२००१ ब ०४२२ नम्बरको मोटरसाइकल नीलकण्ठ नगरपालिका-६ स्थित गौडेखोलामा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर भीरमा खसेको हो । वडाध्यक्ष चढेको मोटरसाइकल चालक स्थानीय रामहरि खतिवडा पनि सख्त घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्त तथा सूचना अधिकारी रुपक खड्काले जानकारी दिए ।


घाइते दुवैलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, पृथ्वी राजमार्गअर्न्तगत थाक्रे ७ जुगेखोलामा ट्रकले जिपलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन् ।


चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ९५०१ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको बा ३ च ३१२८ नम्बरको जिपलाई ठक्कर दिएको थियो । घाइतेहरुलाई उपचारका लागि काठमाडौंमा रहेको राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ ।


ट्रक चालक नियन्त्रणमा लिएको र दुर्घटनापश्चात फरार रहेका जिप चालकको भने खोजी भइरहेको धादिङ प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र ९, २०७६ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?