त्रिभुवन मावि नयाँ भवनमा

कान्तिपुर संवाददाता

नुवाकोट — विदुर नगरपालिका–१ त्रिशूलीस्थित त्रिभुवन त्रिशूली माविको पुनर्निर्माण सकिएको छ । १० करोडको लागतमा बनेको विद्यालयको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार उद्घाटन गरे । 

त्रिभुवन मावि नयाँ भवनमा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षामार्फत जापानी फन्ड फर पोभर्टी रिडक्सनको अनुदान सहयोग र एडीबीको प्रशासनिक सहयोगमा विद्यालय बनेको हो । २०१७ सालमा स्थापना भएको विद्यालयमा २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको थियो ।


जिल्लामा रहेका ४ सय ५० सामुदायिक विद्यालयमध्ये भूकम्पले ३ सय ६४ वटा पूर्ण रूपमा ध्वस्त बनाएको थियो । जिल्लाका ७५ प्रतिशत विद्यालयको पुनर्निर्माण सकिएको इकाई कार्यालयले जनाएको छ ।



प्रकाशित : फाल्गुन १६, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?