२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

चरिकोट वरिपरिका डाँडामा हिउँ पर्‍यो

कान्तिपुर संवाददाता

दोलखा — जिल्ला सदरमुकाम चरिकोट आसपासका उच्च पहाडी भेगहरुमा मंगलबार रातिदेखि हिमपात भइरहेको छ । उच्च पहाडमा हिमपात भएको असरले सदरमुकाम चरिकोटमा तापक्रम न्यून भएको छ । 

चरिकोट वरिपरिका डाँडामा हिउँ पर्‍यो

लामोसाँघु जिरी सडकको खरिढुङ्गा खण्डमा हिमपात भएपछि ओहरदोहर गर्ने यात्रुहरुले सामान्य समस्या भोगिरहेका छन् । दुई हजार सातसय मिटरको उचाईको सडक क्षेत्रमा परेको हिउँ परेको स्थानीयहरुले बताएका छन् ।


कालिञ्चोकमा भारी हिमपात भएपछि टायरमा चेन राखिएका गाडीबाहेक अन्य सवारीसाधन रोकिएको छ । गत वर्षभन्दा धेरै पटक र बाक्लो हिमपात भएपछि पर्यटनमा राम्रो प्रभाव परेको होटल व्यवसायी चन्द्र लामाले बताए । तीन हजार आठ सय मिटर उचाइमा रहेको कालिञ्चोक क्षेत्रमा यसबर्ष परेको हिउँले सहकाल ल्याउने दावी बुढापाकाहरु गर्छन् । असिना नपरी हिउँमात्रै परेकाले त्यस्तो जनविश्वास रहेको उनीहरुले वताउँछन् ।


अर्को पर्यटकीय क्षेत्र शैलुङ क्षेत्रमा पनि भारी हिमपात भएको छ । तीन हजार तीनसय मिटर अग्लो सय थुम्काहरुको शैलुङमा हिमपात भएपछि मानिसहरु रमाउन त्यस क्षेत्रमा गइरहेको शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले बताए ।

प्रकाशित : फाल्गुन १४, २०७६ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?