ललितपुर महानगरका मेयर महर्जनको पुतला दहन 

कान्तिपुर संवाददाता

ललितपुर — विद्यालयको जग्गामा अनधिकृत पर्खाल लगाएको भन्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको पुतला जलाइएको छ । 

ललितपुर महानगरका मेयर महर्जनको पुतला दहन 

महानगरले सर्वोच्च अदालतको अन्तरिम आदेशविपरीत पुल्चोकस्थित मदन स्मारक स्कुलको खेल मैदान मासेर पर्खाल लगाएको भन्दै स्थानीयले मंगलबार विद्यालयको मूलगेट अगाडि मेयरको पुतला जलाएका हुन् । पुतला दहनका क्रममा उनीहरुले अनधिकृत ढंगको पर्खाल निर्माण बन्द गर, कानुन उल्लंघन गर्न पाइँदैन, नगरप्रमुखको मनपरी तन्त्र चाहिँदैन जस्ता नारा लगाएका थिए ।


सर्वोच्चले २०७६ जेठमा मुद्दाको अन्तिम टुंगो नलागेसम्म विद्यालय हाताभित्रको खुला क्षेत्रमा कुनै संरचना निर्माण नगर्नु/नगराउनु भनी आदेश दिएको थियो । दरबार टोल विकास संस्थाका तर्फबाट वामदेव ज्ञवालीले खुल्ला क्षेत्रको संरक्षण माग गर्दै अदालतमा रिट दायर गरेका थिए ।


पुल्चोक नःटोल–पाटन ढोका सडक विस्तार गर्ने नाममा विद्यालयको खेलमैदान साँघुरो हुने गरी नगरपालिकाले ३५ लाखमा नयाँ पर्खाल लगाएको हो । नयाँ पर्खालले विद्यालयको सात आना जग्गा सडकमा परेको छ ।

यो पनि

अदालतको आदेश मिचेर पर्खाल

प्रकाशित : फाल्गुन १३, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?