२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

रुखमा कार ठोक्किँदा एक जनाको मृत्यु

रमेशकुमार पौडेल

चितवन — अनियन्त्रित भएर रुखमा कार ठोक्किँदा शुक्रबार राति भरतपुरमा एक जनाको मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शुक्रबार राति नौ बजे भरतपुर महानगरपालिका–१८ विष्णुचोकको भित्री सडकमा थानेदार चोकबाट गोब्रेनी जाँदै गरेको बा १८ च ५७०९ नम्बरको कार आफै अनियन्त्रित भएर सडक छेउमा रहेको बकैनाको रुखमा ठोक्किएको थियो । 

कारमा रहेका तीन जनामध्ये गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–१८ गुञ्जनगरका २४ वर्षीय नरेश कुमालको उपचारका क्रममा राति १० बजे निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एकनारायण कोइरालाले जानकारी दिए । भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा कुमालको मृत्यु भएको हो ।


नवलपरासी बुलिङटार गाउँपालिका–१ का २१ वर्षीय कारचालक कृष्ण कुमाल र भरतपुर–१८ गुञ्जनगरका २४ वर्षीय सन्तोष बगालेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : फाल्गुन १०, २०७६ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?