कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

दोलखा भीमसेनलाई ‘पसिना’, मन्दिर परिसरमा दर्शनार्थीको भीड

कालो रंगको ढुंगाको शीलाको टुप्पामा पानीको थोपा देखिँदै बग्‍न थालेको अवस्थालाई भीमेश्वरमा पसिना आएको विश्वास गरिन्छ ।
राजेन्द्र मानन्धर

दोलखा — दोलखा बजारस्थित भीमेश्‍वरको शीलामा ‘पसिना’ आएको भन्दै मन्दिर परिसरमा दर्शनार्थीको भीड लागेको छ । बिहीबार बिहान साढे ६ बजेदेखि ‘पसिना’ देखिएको भन्दै भीमेश्‍वरको शीलालाई पूजारीले चम्मरले हम्कने, कपासले पसिना पुछ्‍न थालिएको मन्दिर पूजा व्यवस्थापन समिति अध्यक्ष भरत श्रेष्ठले बताए ।

दोलखा भीमसेनलाई ‘पसिना’, मन्दिर परिसरमा दर्शनार्थीको भीड

पसिना आउनेक्रम करिब ८ बजेर २० मिनेटसम्म रहेको उनले बताए । कालो शीलाको टुप्पामा पानीको थोपा देखिँदै बग्‍न थालेको अवस्थालाई 'भीमेश्‍वलाई पसिना आएको' भन्ने गरिन्छ ।


भीमेश्‍वर नगरपालिका-२ स्थित दोलखा बजार क्षेत्रका वडाध्यक्ष विराज श्रेष्ठका अनुसार पसिना आउन थालेपछि मन्दिर परिसरका घन्टाहरु बजाउने चलनलाई निरन्तरता दिइएको छ ।

पसिना पुछेको कपास र पछि क्षमापूजा गरिएको प्रसाद पहिले राष्ट्रप्रमुखका रुपमा राजा कहाँ पुर्‍याउने चलन थियो अहिले भने त्यो राष्ट्रपति कहाँ पुर्‍याइन्छ । वि.सं. १९९० पछिका दिनहरुमा भीमेश्‍वरमा पसिना आएपछि कपास र प्रसाद राजासमक्ष पुर्‍याउन थालिएको हो । त्यो चलन कायमै रहेकाले अब पनि त्यसै गरिने वडाअध्यक्ष श्रेष्ठले बताए । पछिल्लोपटक २०७४ असोज २ गते पसिना आएको समाचारहरु छापिएका छन् ।


१९९० सालपछि कम्तीमा १५ पटक पसिना आएको अभिलेख भीमेश्‍वर मन्दिर व्यवस्थापन समितिसँग छ ।


प्रकाशित : फाल्गुन ८, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?