कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मिनी ट्रक खस्दा ४ गम्भीर घाइते

कृष्ण थापा

नुवाकोट — किस्पाङ गाउँपालिका–५ सिम्ले बगरमा मंगलबार मिनी ट्रक अनियन्त्रित भई सडकबाट खस्दा चारजना गम्भीर घाइते भएका छन् । शान्ति बजारबाट रसुवाको सल्लेटार गइरहेको बा ३ ख ५२२७ नम्बरको मिनी ट्रक सडकदेखि १५ मिटर तल खसेका हो ।

मिनी ट्रक खस्दा ४ गम्भीर घाइते

घाइतेहरुमा किस्पाङगाउपालिका–५ शान्ति बजारका खिलप्रसाद भट्टराई, बुद्धिमाया तामाङ, उनका श्रीमान आइतराम तामाङ र हेमबहादुर भट्टराई रहेका छन् ।

एभरेष्ट एयरको हेलिकोप्टबाट काठमाडौं लगिएका भट्टराईद्वयको छाउनी अस्पतालमा उपचार भइरहेको छ भने बुद्धिमाया र उनका श्रीमान् आइतरामको ग्रीनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । उनीहरुको टाउको, गोडा र शरीरमा चोट लगेर गम्भिर अवस्था भएपछि उपचारका लागि काठमाडौ पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले बताए । खिलप्रसाद उक्त सवारीका चालक र धनी हुन् ।

प्रकाशित : फाल्गुन ६, २०७६ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?