कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चौथो प्रयासमा फुयाँल मन्त्री नियुक्त

सुवास विडारी

मकवानपुर — वागमती प्रदेशका सत्तारुढ दल नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाँल भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त भएका छन् । पटकपटक मन्त्री बन्‍ने प्रयासमा विफल हुँदै आएका फुयाँलले सोमबार शपथ ग्रहण गरेका छन् ।

चौथो प्रयासमा फुयाँल मन्त्री नियुक्त

फुयाँललाई प्रदेश प्रमुख विष्णु प्रसाईंले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । फुयाँललाई मन्त्री बनाउने विषयमा लामो समयदेखि मुख्यमन्त्री पौडेलले प्रयास गरेपनि मन्त्रिपरिषद्‌ भित्रै असहमति हुँदा सम्भव भएको थिएन ।


मन्त्री भएसँगै प्रतिक्रिया दिँदै उनले पुँजीगत खर्च बढाउने गरी गुणस्तरीय विकास आफ्नो प्राथमकितामा रहेको बताए । ‘प्रदेशको भौतिक पूर्वाधार विकास,सम्पूर्ण स्थानीय तह तथा जिल्लाहरुसँग समन्वय गरेर अगाडि बढ्नेछु’,मन्त्री फुयाँलले भने,‘प्रदेश गौरवका आयोजनाहरुको कामलाई तीव्रता दिएर अगाडि बढ्नेछु ।’ प्रदेश सरकारको कूल बजेटको करिब ३८ प्रतिशत बजेट भौतिक पूर्वाधार मन्त्रालयमा रहेको छ । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री डोरमणि पौडेल,मन्त्री तथा मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको थियो ।


यसअघि माघ २९ गते शपथ ग्रहणको तयारीमा रहेका फुयाँलको अन्तिम समयमा आएर मन्त्री बन्ने अवसर रोकिएको थियो । तर,मुख्यमन्त्री डोरमणि पौडेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसहितका शीर्ष नेतालाई भेटेर समस्याको समाधान गरेपछि फुयाँल मन्त्री बनेका हुन् ।


शीर्ष नेताबाट मन्त्री बनाउन निर्देशन पाएपछि साँझ पाँच बजे फुयाँलको शपथ ग्रहण गरिएको थियो । यसअघि तीन पटकसम्म फुयाँल मन्त्री बन्ने चर्चामै सिमित भएका थिए । चौथो पटकमा भने उनी मन्त्री भएका हुन् ।


काठमाडौं क्षेत्र नम्बर ३को प्रदेशसभा २ बाट निर्वाचित सांसद् हुन् । केशव स्थापितलाई बर्खास्त गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्री पौडेलले नै सम्हाल्दै आएका थिए । यसअघि संविधानसभाका सदस्य समेत रहेका फुयाँल पहिलोपटक मन्त्री बनेका हुन् । फुयाँल गाविस अध्यक्ष,सभासद्, सांसदहुँदै पहिलोपटक मन्त्री बनेका हुन् ।

प्रकाशित : फाल्गुन ५, २०७६ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?