चौथो प्रयासमा फुयाँल मन्त्री नियुक्त

सुवास विडारी

मकवानपुर — वागमती प्रदेशका सत्तारुढ दल नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाँल भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त भएका छन् । पटकपटक मन्त्री बन्‍ने प्रयासमा विफल हुँदै आएका फुयाँलले सोमबार शपथ ग्रहण गरेका छन् ।

फुयाँललाई प्रदेश प्रमुख विष्णु प्रसाईंले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । फुयाँललाई मन्त्री बनाउने विषयमा लामो समयदेखि मुख्यमन्त्री पौडेलले प्रयास गरेपनि मन्त्रिपरिषद्‌ भित्रै असहमति हुँदा सम्भव भएको थिएन ।


मन्त्री भएसँगै प्रतिक्रिया दिँदै उनले पुँजीगत खर्च बढाउने गरी गुणस्तरीय विकास आफ्नो प्राथमकितामा रहेको बताए । ‘प्रदेशको भौतिक पूर्वाधार विकास,सम्पूर्ण स्थानीय तह तथा जिल्लाहरुसँग समन्वय गरेर अगाडि बढ्नेछु’,मन्त्री फुयाँलले भने,‘प्रदेश गौरवका आयोजनाहरुको कामलाई तीव्रता दिएर अगाडि बढ्नेछु ।’ प्रदेश सरकारको कूल बजेटको करिब ३८ प्रतिशत बजेट भौतिक पूर्वाधार मन्त्रालयमा रहेको छ । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री डोरमणि पौडेल,मन्त्री तथा मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको थियो ।


यसअघि माघ २९ गते शपथ ग्रहणको तयारीमा रहेका फुयाँलको अन्तिम समयमा आएर मन्त्री बन्ने अवसर रोकिएको थियो । तर,मुख्यमन्त्री डोरमणि पौडेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसहितका शीर्ष नेतालाई भेटेर समस्याको समाधान गरेपछि फुयाँल मन्त्री बनेका हुन् ।


शीर्ष नेताबाट मन्त्री बनाउन निर्देशन पाएपछि साँझ पाँच बजे फुयाँलको शपथ ग्रहण गरिएको थियो । यसअघि तीन पटकसम्म फुयाँल मन्त्री बन्ने चर्चामै सिमित भएका थिए । चौथो पटकमा भने उनी मन्त्री भएका हुन् ।


काठमाडौं क्षेत्र नम्बर ३को प्रदेशसभा २ बाट निर्वाचित सांसद् हुन् । केशव स्थापितलाई बर्खास्त गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्री पौडेलले नै सम्हाल्दै आएका थिए । यसअघि संविधानसभाका सदस्य समेत रहेका फुयाँल पहिलोपटक मन्त्री बनेका हुन् । फुयाँल गाविस अध्यक्ष,सभासद्, सांसदहुँदै पहिलोपटक मन्त्री बनेका हुन् । प्रकाशित : फाल्गुन ५, २०७६ १८:३१

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘सरकार ढाल्ने षड्यन्त्र’ भएकै हो त ?

बबिता शर्मा

काठमाडौँ — सरकारका दुई वर्षे कार्यकालका उपलब्धि सुनाएको अर्को दिन गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक ‘सरकार ढाल्ने षड्यन्त्र’ भएको अभिव्यक्ति दिए । ओली आफैंले फागुन ३ गते संसद्‍मा ‘बलियो जगमा बनेको’ सरकारले धेरै राम्रा काम गरेको भन्दै आगामी तीन वर्षको मार्गचित्र पनि पस्केका थिए । तर, २४ घण्टामै उनले सरकार ढाल्ने षड्यन्त्र भइरहेको अभिव्यक्ति दिए ।

बलियो सरकार रहेको र कसैले हल्लाउन नसक्ने बताएको भोलिपल्ट ओलीको यस्तो अभिव्यक्ति आउनु राजनीतिक प्रचारमात्रै हो कि साच्चै भित्रभित्रै सरकार ढाल्ने षड्यन्त्रपनिभएको छ भनेर प्रश्न उठेको छ । उनको इसारा विभिन्न शक्ति केन्द्रहरू सरकार ढाल्ने षड्यन्त्रमा लागेको भन्ने छ । तर, प्रधानमन्त्रीओलीले सरकार ढाल्ने षड्यन्त्रमा लाग्नेबारे चाहिँ प्रस्टरूपमा भनेनन् ।

आइतबार गृहनगर दमकमा सडक तथा पुलको उद्घाटन र शिलान्यास कार्यक्रममाप्रधानमन्त्री ओलीको भनाइ थियो, ‘तपाईंहरूलाई लाग्ला, सरकारसँगबलियो बहुमत छ । बहुमत भए पनि फर्कीफर्कीकन उनीहरू योसरकारलाई असफल पार्ने, ढाल्ने, बदनाम गर्ने षड्यन्त्रमा लागिरहेका छन् । म भन्न चाहन्छुअरू कसैले हाइन,कुनैशक्तिले होइन, हामीलाई सरकारमा पुर्‍याइदिएको, हाम्रो सरकार बनाइदिएको तपाईंहरूले हो । जनताले हो । जबसम्मतपाईंहरूको आशीर्वाद रहन्छ, साथ शूभेच्छा र शुभकामनारहन्छ, तबसम्म सरकारलाई कसैले हल्लाउनसक्दैन । डगमगाउन पनि सक्दैन । हामी अगाडि बढ्यौं, बढ्यौं।

साँच्चै प्रधानमन्त्रीले भनेजस्तै कहींकतैबाट सरकारढाल्ने षड्यन्त्रभएको राजनीतिक परिदृश्यर घटनाक्रमहरू देखिन्छन् त ?

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन्, ‘म त्यो सम्भावना देख्दिनँ ।कसले ढाल्ने सरकार ? शेरबहादुरदेउवाले ढालेर ढल्दैन । उहाँको आफ्नै पार्टीमा प्रचण्ड र माधव नेपाललगायत सबै मिलेभनेचाहिँ होला । त्यही असुरक्षाकोभावले आएको अभिव्यक्ति हो ।पार्टीभित्र अल्पमतमा पर्नु भएको छ । त्यसको पीडा पनि होला ।

यसअघि गत मंसिर ४ मा पार्टीभित्र निर्णय गरेर नेकपाले ओली नेतृत्वको सरकारकोपाँच वर्षे कार्यकाल सुनिश्चत गरेको थियो । उक्त निर्णयअनुसार ओलीले पाँच वर्षसरकार चलाउने र अर्का अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अधिकारसहित पार्टीचलाउने निर्णय गरेको थियो ।

अध्यक्ष केपी शर्मा ओलीप्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र अध्यक्ष पुष्पकमल दाहालकार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने । बैठक संयुक्त अध्यक्षतामासञ्चालन गर्ने । आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन पुष्पकमल दाहालले गर्ने,’ निर्णयमाउल्लेखछ । यो निर्णयसँगै ओलीदाहालबीच आधाआधा कार्यकाल सरकार चलाउने अनौपचारिक सहमतिकोऔचित्य सकिएको थियो ।

सरकारको कार्यकाल दुई वर्ष पुगेलगत्तै ओली नेतृत्वको सरकारविरुद्ध संघीयसंसद्‍मा अविश्वासको प्रस्ताव पेस गर्न सकिने संवैधानिक बाटो खुलेको समाचारहरू प्रकाशित भएका थिए । यस्ता समाचार आएलगत्तै प्रधानमन्त्री ओलीले सरकार ढाल्ने षड्यन्त्रअभिव्यक्तिदिएका हुन् । ओलीनिकट एक नेता भन्छन्,‘सरकारलेधेरै राम्रा काम गरेको छ । परिर्वतन विरोधीलाई यो मन परेको छैन । त्यसकारण उपयुक्त समयमासरकार बदलेर देशलाई फेरि एकपटक अस्थिरतातर्फ लैजान पाए हुन्थ्यो भन्ने कोसिस भएकाछन् ।तर, प्रधानमन्त्री ओलीले जस्तै यी नेताले पनि सरकार ढाल्नेषड्यन्त्रमा कोको लागेका छन् भन्नेचाहिँ खुलाएनन् ।

संविधानको धारा १०० (४) मा सरकार गठन भएको दुई वर्षपछि मात्र अविश्वासप्रस्ताव पेस गर्न पाइने व्यवस्था छ । ओली २०७४ फागुन ३ मा प्रधानमन्त्री नियुक्तभएका थिए । अविश्वासको प्रस्ताव दर्ता गर्ने संवैधानिक बाटो शनिबार खुले पनि ओलीकोदल नेकपाको प्रतिनिधिसभामा स्पष्ट बहुमत रहेकाले अहिले त्यस्तो प्रस्ताव आउनेसम्भावना छैन । प्रमुख प्रतिपक्षी कांग्रेससँग अविश्वासको प्रस्ताव दर्ता गर्नआवश्यक संख्यासमेत संसद्‍मा छैन ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्, ‘प्रधानमन्त्रीसँगकेही सूचना भएर नै बोल्नु भएको होला । तर, प्रमुखप्रतिपक्षी अविश्वासको प्रस्ताव ल्याउन पाउने संवैधानिक प्रावधान बमोजिमको तयारीमाछैन । हामीसँग त्यसका लागि पर्याप्त गणित पनि छैन । उहाँको घरायसी कुरा केही छ भनेत्यो हामी जान्दैनौं । तर, प्रधानमन्त्रीकोअभिव्यक्तिको अभिप्रायः कति वस्तुगत छ,कतित्रासको मनोविज्ञानमा छ भन्ने कुराचाहिँ विश्लेषणकोविषय भयो । तर, उहाँलाई मनको बाघले खाँदै छ ।

प्रकाशित : फाल्गुन ५, २०७६ १८:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×