काम नगर्ने ठेकेदारलाई अन्तिम मौका : गृहमन्त्री

सुवास विडारी

मकवानपुर — गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने र विकास निर्माणको कामलाई अलपत्र अवस्थामा छाड्ने ठेकेदारलाई सरकारले अन्तिम मौका दिन लागेको बताएका छन् ।

मकवानपुरको फापरबारीमा शनिबारदेखि सुरु भएको वागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै गृहमन्त्री थापाले काम नगर्ने ठेकेदारका कारण धेरै विकास निर्माण काम अवरुद्ध भएको बताएका हुन्। उनले अन्तिम मौका दिँदा समेत काम नगर्ने ठेकेदारलाई सरकारले कारबाही गर्ने चेतावनी दिए।


‘काम नगर्ने र र विकास निर्माणको कामलाई अलपत्र अवस्थामा छाड्‍ने ठेकेदारलाई अन्तिम मौका दिने विषयमा प्रधानमन्त्रीसँग छलफल भइसकेको छ। अब अन्तिम मौका दिइनेछ। उक्त अवधिमा पनि काम नभए सरकारले कारबाही गर्नेछ,’ उनले भने। प्रकाशित : फाल्गुन ३, २०७६ १७:०६

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नेपाली लिन चीन उड्यो विमान

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरसको उद्मगस्थल चीनको हुवेई प्रान्तको वुहान र आसपासका क्षेत्रबाट नेपालीहरु उद्धार प्रक्रिया सुरु भएको छ । नेपाली समय ४ बजेर १ मिनेट नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडेको छ । जहाज काठमाडौँबाट उडेको ३ घण्टा ३६ मिनेटमा वुहान पुग्नेछ ।

उद्धारको पर्खाइमा रहेका नेपालीहरु अहिले वुहान एयरपोर्टमा जम्मा भइसकेका छन्। वुहानबाट स्थानीय समयअनुसार रातको ११ बजे नेपाली नागरिकलाई लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं फर्कनेछ। आइतबार बिहान सवा २ बजे विमान काठमाडौंमा अवतरण गर्ने तालिका रहेकाे छ।

काठमाडौं आइसकेपछि चीनबाट फर्किएका १८२ जनालाई कम्तीमा १४ दिन भक्तपुरकाे खरिपाटीमा अवस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिनेछ। विमानका ‘ककपिट क्रु’लाई कम्तीमा एक हप्ता आइसोलेसनमा राखिनेछ भने बाँकी ‘क्याबिन क्रु’ लाई भने १४ दिन नै क्वारेन्टाइनमा राखिनेछ।

नेपाल एयरलाइन्सको अपरेसन डिपार्टमेन्टका क्याप्टेन दीपु ज्वारचनका अनुसार चीन जाने विमानमा एक विदेशी र एक नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहनेछन्।

प्रकाशित : फाल्गुन ३, २०७६ १६:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×