२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बोलेरोको ठक्करबाट असईको मृत्यु

नगेन्द्र अधिकारी

काभ्रे — बोलेरो पिकअप भ्यानको ठक्करबाट प्रहरी सहायक निरिक्षक (असई) तेजबहादुर गुरुङको मृत्यु भएको छ ।
प्रहरी चौकी साँगा अगाडी बाटो काट्ने क्रममा बनेपातर्फ आउँदै गरेको बा १९च १३२३ नम्बरको बोलेरोले ठक्कर दिँदा असई गुरुङको शुक्रबार मृत्यु भएको इलाका प्रहरी कार्यलय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख विशाल तामाङले बाटो काट्ने क्रममा तीव्र गतिमा रहेको बोलेरोले गुरुङलाई ठक्कर दिएको थियो । ‘शिवरात्रीको दिनको ट्राफिक व्यवस्थापनबारे छलफल सकेर म गाडीमा चढेँ, असईसा'प बाटो काट्दै हुनुहुन्थ्यो, स्पिडमा रहेको बोलेरोले ठक्कर दिइहाल्यो,’ तामाङले भने, ‘तत्काल उपचारको लागि धुलिखेल अस्पतालमा पुर्‍याउँदा मृत घोषणा गरियो ।’

गुरुङको शव परिक्षणको लागि त्रिवी शिक्षण अस्पताल पठाइएको छ । बोलेरो चालक भक्तपुर–१० का ३१ वर्षीय विक्रम जाकिवञ्जार प्रहरी नियन्त्रणमा छन् ।


२०५१ सालमा प्रहरी जवानको रुपमा सेवा प्रवेश गरेका गुरुङ २०६१ कार्तिकमा हवल्दार पदमा बढुवा भएका थिए । २०७० जेठ ३१ गतेयता उनी प्रहरी सहायक निरिक्षक पदमा कार्यरत छन् ।

प्रहरी सहायक निरिक्षक नै रहेकी उनकी श्रीमतीले केही वर्षअघि राजीनामा दिएकी थिइन् । गुरुङका १ छोरा र १ छोरी छन् ।

प्रकाशित : फाल्गुन २, २०७६ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?