१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

जंगली हात्तीकाे आक्रमणबाट वृद्धकाे मृत्यु

रमेशकुमार पौडेल

चितवन — जंगली हात्तीले आक्रमण गर्दा पूर्वी चितवनमा एकजना वृद्धकाे ज्यान गएकाे छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार शुक्रबार दिउँसाे एक बजे रत्ननगर-७  बद्रहनी बस्ने ९३ वर्षीय मनबहादुर तमाङलाई जंगली हात्तीले आक्रमण गरेकाे थियाे । उनकाे घटनास्थलमै ज्यान गएकाे प्रहरीले बताएकाे छ ।

चितवन निकुञ्ज पूर्वी सेक्टर कार्यालउका प्रमुख गाेपालबहादुर घिमिरेका अनुसार ती वृद्ध भैंसी चराउन गाउँ नजिककाे खाेरसाेर जंगल गएका थिए ।

बद्रहनी गाउँ वन्यजन्तुबाट निकै प्रभावित हुने गाउँ हाे । त्याे क्षेत्रमा हात्ती प्रजनन् केन्द्र छ । राेनाल्डाे नाम गरेकाे जंगली भाले हात्ती त्याे क्षेत्रमा डुल्ने गर्दछ । अघिल्लाे महिना पश्चिम चितवन मेघाैली पुगेकाे साे हात्ती अहिले खाेरसाेर फर्केकाे छ । साेही राेनाल्डाेले नै तमाङलाई आक्रमण गरेकाे स्थानीयले बताए ।

प्रकाशित : फाल्गुन २, २०७६ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?