१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मुख्य सचेतक फुयाँल मन्त्रीको शपथ लिँदै

सुवास विडारी

हेटौंडा — वाग्मती प्रदेशको सत्तारुढ नेकपाका मुख्य सचेतक रामेश्वर फुयाँल मन्त्रीमा नियुक्त भएका छन् । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फुयाँललाई भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 

मुख्य सचेतक फुयाँल मन्त्रीको शपथ लिँदै

भौतिक पूर्वाधार विकास मन्त्रीको रुपमा फुयाँलले बुधबार दिउँसो ४ बजे शपथ ग्रहण गर्ने कार्यक्रम छ ।


फुयाँल काठमाडौं जिल्ला क्षेत्र नम्बर ३ प्रदेशसभा २ बाट निर्वाचित भएका थिए । केशव स्थापितलाई बर्खास्त गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्री पौडेलले नै सम्हाल्दै आएका थिए । मुख्यमन्त्री पौडेलले पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि फुयाँललाई मन्त्रीमा नियुक्त गरेका हुन् ।


अरु मन्त्री भने तत्काल नथपिने मुख्यमन्त्री कार्यालयले जनाएको छ । स्रोतका अनुसार मन्‍त्रीका आकांक्षी धेरै भएपछि मन्‍त्रिपरिषद् विस्तार रोकिएको हो ।


यसअघि संविधानसभाका सदस्य रहेका फुयाँलले पहिलोपटक मन्त्रीको शपथ लिन लागेका हुन् ।

प्रकाशित : माघ २९, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?