कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

भिआइपीको भिडमा गैंडा [तस्बिरहरुसहित]

रमेशकुमार पौडेल

चितवन — वागमती प्रदेशका पर्यटकीय स्थलहरु घुम्न काठमाडौंबाट निस्केका राजदूत र अन्य अधिकारीहरुको टोली सोमबार मध्यान्ह सौराहा आइपुग्यो । १२ भन्दा बढी देशका राजदूत आउने भनिए पनि तोकिएको समयभित्र सौराहामा नेपालका लागि मलेसिया र श्रीलंकाका राजदूत मात्रै आए । राजदूतहरुसहित भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्य, रत्ननर नरपालिकाका मेयर नारायण वनसहितको टोली निकुञ्ज घुम्न जाँदै थिए ।

भिआइपीको भिडमा गैंडा [तस्बिरहरुसहित]

चितवन निकुञ्ज दुर्लभ वन्यजन्तु ठूलो एकसिंगे गैंडाको मुख्य बासस्थल हो । निकुञ्ज घुम्दा यो जनावर देख्न पाइन्छ । जीप सफारी गरेर निकुञ्ज जान लागेका पाहुना टोली जब होटलबाट निस्कँदै थिए बारीमा चर्दै गरेको गैंडा नै देखियो । गैंडा बिस्तारै विशिष्ट व्यक्तिहरु भएतर्फ नै आयो । यो गैंडा जंगल नबसेर प्राय सौराहा नजिकका खेत र गल्लीहरुमा नै डुल्ने गर्दछ । यो खासै आक्रमक पनि हुँदैन ।


स्वभाव बुझेका कारण रत्ननगर नगरपालिकाका मेयर नारायण वन गैंडाको आडैमा गएर फोटो खिचाए । त्यसपछि पाहुना टोली पनि फोटो खिच्न हौसियो । श्रीलंकन राजदूतले अलि परबाटै फोटो खिचिन् । मेलेसियन राजदूतले केही नजिक गएर सेल्फी लिए । बालबच्चा र नगर प्रमुखलाई आडैमा राखेर फोटो पनि खिचे । नेपाल भ्रमण वर्षका संयोजक सुरज वैद्य झनै उत्साहित देखिए ।


उनले गैंडालाई ढाडमा मुसार्दै तस्बिर खिच्न थाले । अन्य व्यक्तिहरु पनि नजिक नजिक गएर तस्बिर लिन थाले । विशिष्ट व्यक्तिहरुलाई जीप सफारीमा जान हतार थियो । केही बेरपछि उनीहरु निकुञ्जतर्फ सोझिए । गैंडा पनि बिस्तारै आफ्नो बाटो लाग्यो।

सौराहामा यसरी बजार, वस्ती र खेतमा डुल्ने दुईवटा गैंडा छन् । एउटा गैंडा त निकै आक्रमक छ । कम आक्रमक मानिएको गैंडा पनि बेला बेलामा रिसाउने सौराहाका बासिन्दा बताउँछन् । तर गैंडा देखेपछि जोपनि नजिकै गएर फोटो खिच्न हुरुक्कै हुन्छन् ।

प्रकाशित : माघ १३, २०७६ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?