४५ जना सवार मिनीट्रक प्रहरीको नियन्त्रणमा

हरिहरसिंह राठौर

धादिङ — सिद्धलेक–२ बुङचुङबाट ४५ जना सर्वसाधारण सवार मिनीट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार प्रहरीले चेक गर्ने क्रममा बा३ख ९३४६ नं. को ट्रकमा ४५ जना यात्रु राखेर चलाएको पाइएपछि ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता रुपक खड्काले बताए ।

४५ जना सवार मिनीट्रक प्रहरीको नियन्त्रणमा

ट्रक चालक सिद्धलेक–२ का निवासी ३८ वर्षीय नरबहादुर मगरलाई प्रहरीले रोकेर ढुवानी साधनमा यति धेरै यात्रु नबोक्न सम्झाउने प्रयास गरेको थियो । धेरै मानिस राखेर सवारी चलाउँदा दुर्घटना हुनसक्ने भनेर सम्झाउँदासमेत अटेर गरी चालक मगरले उल्टै मिनीट्रकलाई सडक बिचमा रोकेर सवारी आगमनमा अवरोध पुर्‍याएका थिए ।


मिनी ट्रकमा रहेको मानिसहरु समेत झार्न नमानेर ड्यूटीमा खटिएको प्रहरीलाई गाली गलौज गरी अभद्रव्यवहार गरेकाले मिनीट्रक र चालकलाई नियन्त्रणमा लिएको खड्काले बताए । चालक मगरलाई यातायात व्यवस्था ऐन अन्तर्गत कारवाही र दण्ड सजाय हुने प्रवक्ता खड्काले बताए ।


गत माघ ७ जनाको मृत्य र ३४ जना घाइते भएपछि जिल्ला प्रहरीले मापदण्ड विपरितका सवारी साधनहरुलाई यात्रु ओसार्न प्रतिबन्ध गरेको छ ।


प्रकाशित : माघ १३, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?