१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मकवानपुर, दोलखा र सिन्धुलीका एनसेल टावरमा आगजनी

मकवानपुर, दोलखा, सिन्धुली — मकवानपुर जिल्लाको तीन स्थानमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । सोमबार बिहान भीमफेदी गाउँपालिका–६, देउरालीमा, मनहरी गाउँपालिका–५, डिल्लीपुर र हेटौंडा–१५ स्थित रातोमाटेमा रहेको एनसेल टावरमा अज्ञात समूहबाट आगजनी भएको हो । 

मकवानपुर, दोलखा र सिन्धुलीका एनसेल टावरमा आगजनी

आगजनीबाट टावरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । ‘बिहान करिब २ बजेको समयमा आगजनी भएको देखिन्छ । हामीलाई जानकारी भएसँगै घटना स्थलमा प्रहरी पुगिसकेको छ,’ प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । उनका अनुसार भीमफेदी र रातोमाटेको टावरले काम गरिरहेको छ ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक रामबालक रायको नेतृत्वमा, हेटौंडा–१५ रातोमाटेमा इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोली, डिल्लीपुरमा इलाका प्रहरी कार्यालय नेवारपानी प्रहरी नायब निरीक्षक राजेशकुमार यादव नेतृत्वको टोली घटनास्थलमा पुगेका छन् ।

घटनाबारे अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ । यसअघि पनि एनसेल टावरमा आगजनी गर्ने विप्लव समूहले नै आगजनी गरेको हुन सक्ने आशंका गरिएको छ ।

त्यस्तै साेमबार बिहान दोलखा सदरमुकाम चरिकोटमा रहेको एनसेल टावरमा पनि आगजनी गरिएको छ ।

पानोरमा रिसोर्टनजिक रहेको टावरमा सोमबार बिहा आगो लागेपछि थाहा भएको रिसोर्टकी म्यानेजर बिन्दा चाैलागाईँले बताइन्।

प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले टावरमा पुरै क्षति भएको बताए । आगजनी कसले गरेको अनुसन्धान भैरहेको उनले बताए ।

त्यस्तै आइतबार राति सिन्धुलीको मरिन गाउँपालिका–७ जयमंगलमा रहेको एनसेल टावरमा चन्द समूहले आगजनी गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्याम केसीका अनुसार आगजनीबाट टावर पूर्ण रुपमा ध्वस्त भएको छ ।

प्रकाशित : माघ १३, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?