३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सिन्धुलीमा गाडी दुर्घटना हुँदा चालकको मृत्यु, १२ घाइते

राजकुमार कार्की

सिन्धुली — बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाइ नगरपालिका २ ढुंग्रेभन्ज्याङमा आइतबार बिहान गाडी दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । 

सिन्धुलीमा गाडी दुर्घटना हुँदा चालकको मृत्यु, १२ घाइते

झापाबाट काठमाडौं जाँदै गरेको बा.४ ख ६९६ नं हायस गाडी दुर्घटनामा चालक अन्दाजी ४० वर्षका मोहन महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था जटिल रहेको छ । उनीहरुको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ ।


गाडी अनियन्त्रित भई बीपी राजमार्गबाट करिब ३० मिटर तल खसेको थियो ।

प्रकाशित : माघ १२, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?