केरुङ–रसुवागढी सडक खुल्यो  

बलराम घिमिरे

रसुवा — पहिरोको कारण अबरुद्ध केरुङ–रसुवागढी सडकखण्ड बुधबार  दिउसोबाट सञ्चालनमा आएको छ । चीनतर्फको भूभाग केरुङ–रसुवागढी सडक खण्डका दुइ ठाउँमा पहिरो जाँदा शुक्रबारदेखि सडक अवरुद्ध थियो ।

सडकमा थुप्रिएको पहिरो पन्छाएर बुधबार दिउसोबाट यातायात सञ्चालनमा ल्याइएको जानकारी चिनियाँ पक्षले दिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

ठोङ्साभन्दा करिब २ किलोमिटर मुनि र नाका भन्दा करिब ६ किलोमिटर माथि दुई ठाउँमा सुख्खा पहिरो गएको थियो । पहिरोले यातायात ठप्प भएपछि सामान लोड गरेर नेपाल आउन लागेका ६५ बढि कन्टेनर केरुङ र मुलाडाँडाभन्दा मुनि बाटोमै रोकिएका थिए । सडक खुले पछि बाटोमा रोकिएका कन्टेनरहरु गन्तब्यतर्फ लागेको प्रजिअ भण्डारीले बताए ।

प्रकाशित : माघ ८, २०७६ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?