२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

नारायणगढ-मुग्लिन सडकमा सुख्खा पहिरो

चितवन — नारायणगढ-मुग्लिन सडकको चार किलोमा मंगलबार राति सुख्खा पहिरो खसेको छ । मंगलबार राति नौ बजेतिर चार किलोमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।

नारायणगढ-मुग्लिन सडकमा सुख्खा पहिरो

उनका अनुसार राति नै पहिरो हटाएर बिहान पौने तीन बजे सडक सञ्चालन गराइएको हो ।


रातभर गाडी रोकिएका कारण बिहानपख सडकमा केही जाम देखिए पनि यो समस्या लामो समय नरहने चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।

प्रकाशित : माघ ८, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?