कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा घिमिरे निर्वाचित

रामेछाप — रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा केशवप्रसाद घिमिरे विजयी भएका छन् । निकटतम् प्रतिद्वन्दी जगन्नाथ दाहाललाई ९ मतको झिनो अन्तरले पराजित गर्दै घिमिरे ३ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

सोमबार अपरान्ह सकिएको मतगणनामा घिमिरेले ४ सय ८६ मत पाएका थिए भने दाहालको पक्षमा ४ सय ७७ मत परेको थियो । चुनावमा कांग्रेस र कम्युनिस्ट गठबन्धन बनाएर लडेका थिए । घिमिरे कांग्रेस समर्थित उम्मेद्वार हुन् ।


वरिष्ठ उपाध्यक्षमा नविन थापामगर, उपाध्यक्षमा दामोदर थापा र भिमसेन थापा, महासचिवमा नवराज ढुंगेल, सचिवमा सुरेश उदास, कोषाध्यक्षमा पवन कठायत निर्वाचित भए ।


यसैगरी आजीवन सदस्यबाट आकाश रिजाल, महिलातर्फ जया सुवेदी, खुल्ला सदस्यमा सुमिका श्रेष्ठ, किशोर पौडेल, कुमार श्रेष्ठ, राजु थापा र यज्ञप्रसाद सुवेदी निर्वाचित भएका छन् ।



प्रकाशित : माघ ६, २०७६ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?