वागमती प्रदेश लोक सेवा आयोगले पूर्णता पायो

मकवानपुर — वागमती प्रदेश लोक सेवा आयोगले पूर्णता पाएको छ । रिक्त २ सदस्य नियुक्त भएपछि आयोगले पूर्णता पाएको हो । पूर्वसहसचिव सुदर्शन ढकाल र त्रिवि शिक्षण अस्पतालमा अध्यापनरत शर्मिला न्यौपानेले सदस्य पदको सपथ लिएका छन् । 

वागमती प्रदेश लोक सेवा आयोगले पूर्णता पायो

उनीहरुलाई आयोग अध्यक्ष सुरेन्द्रमान श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ रहेको समितिले ढकाल र न्यौपालेलाई सदस्यमा सिफारिस गरेको थियो । यसअघि कात्तिक २९ गते आयोगको अध्यक्षमा श्रेष्ठ नियुक्त भएका थिए ।

प्रदेशसभाबाट गत भदौ १४ गते लोकसेवा आयोग गठन सम्बन्धि विधेयक पारित भएको थियो ।

प्रकाशित : माघ ६, २०७६ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?