१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते

रासस

चितवन — भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये २१ जना चिनियाँ पर्यटक छन् । 

पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नं को ट्रकमा पछाडिबाट आउँदै गरेको बा१प ७८३ नं को पर्यटक बस बिहान ११:१५ बजे ठक्कर दिएको थियो । ट्रकमा ठोक्किएर बस नजिकैको घरमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा पर्यटक बसमा सवार २१ जना चिनियाँसहित ३२ जना र घरमा रहेका एकजना महिला घाइते भएको प्रहरीले जनाएको छ ।


घाइतेहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पर्यटक सौराहा जान आउँदै गरेको जनाइएको छ ।

प्रकाशित : माघ ३, २०७६ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?