कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

खोला दोहनमा स्थानीय सरकार !

धादिङ — स्थानीय सरकारकै रोहवरमा जिल्लाका नदीनालामा व्यापक दोहन भइरहेको छ । तत्कालीन जिल्ला विकास समितिले नदीहरुमा ढुंगा, गिट्टी निकाल्न रोकेकोमा स्थानीय सरकारले फुकुवा गरिदिएपछि दोहन बढेको हो ।

खोला दोहनमा स्थानीय सरकार !

अहिले गजुरीको मलेखु र वेल्खुखोला, गल्छीको कोल्फु र थाक्रेको आग्रा खोलामा मापदण्डविपरीत उत्खनन भइरहेको छ । ती खोलाबाट दैनिक सयौं टिप्पर तथा ट्याक्टरले नदीजन्य पदार्थ ओसारपसार हुन्छन् । मलेखु खोलामा ३ वटा क्रसर खोलामै सञ्चालनमा छन् । क्रसर खोलाभन्दा ३ सय मिटर टाढा हुनुपर्ने प्रावधान छ ।


जिल्लाका गजुरी, गल्छी र थाक्रे गाउॅपालिकाले चालु आर्थिक वर्षमा ११ करोडदेखि १३ करोडसम्ममा नदीजन्य पदार्थको निकासी कर संकलन गर्न ठेक्कामा दिएका छन् । ठेकेदारले मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन गरे पनि ती गाउॅपालिका मूकदर्शक बनेका छन् । स्थानीय सरकारका आन्तरिक आयस्रोत नदीजन्य पदार्थ निकासी नै रहेको छ । उपकरण प्रयोग गरी ढुंगा, गिट्टी झिक्दा नदीको नामनिशान नै मेटिँदै गएकोमा स्थानीयले गुनासो गरेका छन् ।


‘जिल्ला अनुगमन समितिले रातारात खोलाको दोहन गरिएको फेला परे उपकरणहरु जफत गरिने निर्णय गरिएको’ प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताउँछन् ।

प्रकाशित : माघ २, २०७६ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?