‘हुन्छ भन्नेले हुन्छ भन्नुहोस्’ ...सिको गर्दै गाउँपालिका बैठक

सभाध्यक्षलाई ‘सभामुख’ सम्बोधन !
रासस

काठमाडौँ — संघीय संसद् बैठक सञ्चालनको शैलीमा चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले गाउँसभा बैठक आयोजना गरेको छ । सोमबार दिउँसो २ बज्न लागेको थियो । बैठक कक्षमा राष्ट्रिय धुन बज्दा सबै आ-आफ्नो आसनबाट उठे । यसपछि बैठक प्रारम्भ भयो ।

ZenTravel

गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठलाई गाउँपालिका अध्यक्ष तथा गाउँसभाध्यक्ष गीताकुमारी गुरुङले संशोधित आर्थिक विधेयक २०७६ सभामा प्रस्तुत गर्न अनुमति दिइन् ।

Meroghar

विधेयकलाई पालिका सदस्य बलराम त्रिपाठीले समर्थन जनाए । विधेयकमाथि केही सदस्यले आफ्नो धारणा तथा सुझाव राखे । अध्यक्ष गुरुङले विधेयकलाई निर्णयर्थ प्रस्तुत गर्दै विधेयक पक्षमा हुन्छ भन्नेले हुन्छ भन्नुहोस्, विधेयकको विपक्षमा हुन्न भन्नेले हुन्न भन्नुहोस् भनिन् । सदस्यले हात उठाएर हुन्छ भने । सबैले हात उठाएर सहमति जनाएपछि गाउँसभाध्यक्ष गुरुङले हुन्न भन्ने आवाज नआएकाले विधेयक सम्मानित सभाबाट पास भएको घोषणा गरिन् । सबै सदस्यले ताली बजाइ विधेयक पारित गरे ।

यसैबीच अन्य विधेयक सम्बन्धित विषयका संयोजकबाट क्रमशः प्रस्तुत भयो । ती विधेयकलाई क्रमशः सोही प्रक्रियामा अघि बढाइयो । गाउँपालिकामा व्यवस्थापिका संसद्कै शैलीमा गाउँसभा बैठक आयोजना गरिएको पहिलोपटक भएको बताइन्छ ।

प्रस्तुत विधेयकको बारेमा छलफल गर्न चाहने सदस्यलाई तीन मिनेटको समय प्रदान गरिएको थियो । प्रस्तुत विधेयकमाथि सदस्यले उठाएको प्रश्नको जवाफ सम्बन्धित विषयका संयोजकले जवाफ दिएका थिए । कतिपय बोल्ने सदस्यले सभाध्यक्षलाई ‘सभामुख’ भनेर सम्बोधनसमेत गरेका थिए ।

प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार गाउँसभामा सोमबार संशोधित आर्थिक विधेयक २०७६, सहकारी विधेयक, संशोधित विनियोजन विधेयक २०७६, भवन निर्माणसम्बन्धी विधेयक, स्वास्थ्य संस्था दर्ता सञ्चालन तथा नियमन विधेयक २०७६, न्यायिक समितिसम्बन्धी विधेयक २०७६ गरी छ वटा विधेयक प्रस्तुत भएका छन् । प्रस्तुत विधेयकको सोमबारदेखि नै दफाबार छलफल सुरु भएको छ ।

झण्डै तीन घण्टा बसेर गाउँसभाको बैठक सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष गुरुङले स्थगित गरिन् । उनले आगामी बैठक माघ २० गते बस्ने जानकारी दिए । गाउँसभामा गाउँसभा सदस्यबाहेक पत्रकार र कर्मचारीलाई मात्र प्रवेशको अनुमति थियो ।

चेपाङ जनप्रतिनिधिको सक्रियता सहभागिता
झण्डै तीन घण्टा चलेको उक्त गाउँसभामा चेपाङ जनप्रतिनिधिको सक्रियता प्रशंसनीय थियो । वडासदस्य तथा गाउँसभा सदस्य खिरबहादुर चेपाङले सबैभन्दा बढी विधेयकमा आफ्नो भनाइ राख्न हात उठाए । उनले तीन वटा विधेयकमा आफ्नो सुझाव र केही विमति राखे ।

यसैबीच अर्का सदस्य डम्मरकुमारी चेपाङले पनि छलफलमा आफ्नो भनाइ राखिन् । यसअघिको गाउँसभामा खासै सक्रियता नदेखाएका सदस्यले यस पटकको गाउँसभामा भने खुलेरै आफ्नो भनाइ राखेका थिए ।

प्रकाशित : पुस २९, २०७६ ११:५६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नेपालका लागि भारतका नयाँ राजदूत विनयमाेहन क्‍वात्रा

अनिल गिरी

काठमाडौँ — भारतले विनयमोहन क्वात्रालाई नेपालका लागि नयाँ राजदूत बनाउने भएको छ । डिसेम्बरबाट मञ्जीभसिंह पुरीको कार्यकाल सकिएपछि भारतले विनयमोहनलाई नेपाल पठाउन लागेको हो । मार्च २५, २०१७ मा नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका पुरीको डिसेम्बरबाट ३ वर्षे कार्यकाल सकिएको थियो ।

विनयमाेहन अहिले फ्रान्सका लागि भारतीय राजदूतका रुपमा कार्यरत छन्। उनी भारतीय विदेश मामिलामा ३० वर्षदेखि सेवारत छन्।

नेपालका लागि भारतीय राजदूत सिफारिस भएकाउनलेयसअघि प्रधानमन्त्री कार्यालयमा सहसचिव तथा विदेश मन्त्रालयको नीति योजना तथा अनुसन्धान विभागका प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। त्यस्तै काठमाडौंमा रहेर उनले सन् २००६ देखि २०१० सम्म दक्षिण एसियाली क्षेत्रीय सहयाेग संगठन (सार्क) सचिवालयकाे निर्देशककाे जिम्मेवारी सम्हालेका थिए ।

भारतीय पक्षले सोमबार नयाँ राजदूतका बारेमा जानकारी गराएको परराष्ट्र मन्त्रालयले कान्तिपुरलाई जानकारी दियो। ‘भारतका नयाँ राजदूत क्वात्राको नाम अग्रिमोका लागि हामी कहाँ आइसकेको छ,’ परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले भने।

क्वात्रा फेब्रुअरीको पहिलो हप्ता काठमाडौं आइपुग्ने बताइएको छ।

प्रकाशित : पुस २९, २०७६ ११:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×