कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जगदीश घिमिरे स्मृति पुरस्कार डा. सन्दुक रुइतलाई

टीकाप्रसाद भट्ट

रामेछाप — वरिष्ठ नेत्ररोग विषेशज्ञ डा. सन्दुक रुइतलाई जगदीश घिमिरे स्मृति पुरस्कार प्रदान गरिएको छ । जगदीश घिमिरे प्रतिष्ठानले साहित्यकार स्वर्गीय घिमिरेको जन्मथलो रामेछापको मन्थलीमा सोमबार आयोजित एक कार्यक्रममा डा. रुइतलाई नगद र सम्मानपत्रसहित सम्मान गरेको हो । 

जगदीश घिमिरे स्मृति पुरस्कार डा. सन्दुक रुइतलाई

मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले रुइतलाई सम्मान पत्र सहित ५१ हजार नगद पुरस्कार हस्तान्तरण गरे ।


पुरस्कार ग्रहण गर्दै डा. रुइतले स्वर्गीय घिमिरेको अगुवाईमा तिलगंगा आंँखा केन्द्रले फड्को मारेको स्मरण गरे । समाजसेवा, साहित्य र अन्य समसामयिक विषयमा स्वर्गीय घिमिरेको योगदानको डा. रुइतले स्मरण गरे ।


स्वर्गीय घिमिरे तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक अध्यक्ष थिए । कार्यक्रम जगदीश घिमिरे प्रतिष्ठानकी अध्यक्ष तथा जगदीशकी श्रीमती दुर्गा घिमिरेको अध्यक्षतामा भएको थियो ।

प्रकाशित : पुस २८, २०७६ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?