कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

छुट्टाछुट्टै दुर्घटनामा ५ को मृत्यु

काभ्रे — बिहीबार काभ्रेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएका छन् । ३ घाइते छन् । 

छुट्टाछुट्टै दुर्घटनामा ५ को मृत्यु

पनौती–११ थुम्कीमा पाटीखर्कबाट ख्याकु जाने बाटो निर्माण गर्ने स्काभेटर सडकबाट अन्दाजी ३ सय मिटर तल सलान्दु खोलामा खस्दा १६ वर्षीय राउत केसी र सिन्धुपाल्चोकका १५ वर्षीय रोशन भण्डारीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए । उनका अनुसार धुलिखेल अस्पतालमा उपचाररत चालक पनौती-७ का २७ वर्षीय जीवन ताम्राकारको अवस्था मध्ययम छ ।


यता, नमोबुद्ध–२ सेल्फीडाँडामा भएको मिनी टिपर दुर्घटनामा पनि २ जनाले ज्यान गुमाएका छन् । धुलिखेलबाट भकुण्डेबेंसीतर्फ जाँदै गरेको बा २ क ५ नम्बरको टिपर आफैँ अनियन्त्रित भइ सडकबाट अन्दाजी २ सय ५० फिट तल खस्दा चालक मकवानपुरको टिस्टुङ पालुङका २३ वर्षीय आश्विन विष्ट र सुपरभाइजर ललितपुर चुलिखेलका अन्दाजी २२ वर्षीय विशाल खड्काको ज्यान गएको गिरीले जानकारी दिए ।


बिहीबार नै रोशी –९ पानाञ्चेस्थित भित्री सडक खण्डमा देउरालीबाट नार्केतर्फ आउँदै गरेको दूध बोकेको बा ५च ५०७४ नम्बरको बलेरो अन्दाजी सय मिटर तल खस्दा १२ वर्षीय अनिल रानामगरको मृत्यु भएको हो । उपचारको लागि धुलिखेल अस्पताल ल्याइएका उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रकाशित : पुस २४, २०७६ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?