प्रदेश ३ मा नेकपासहित कांग्रेस र नेमकिपाले गर्‍यो उम्मेदवारी दर्ता

काठमाडौँ — राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश ३ मा सत्तारुढ नेकपा तथा नेपाली कांग्रेस एवं नेमकिपाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश ३ मा २ सदस्यका लागि हुन लागेको निर्वाचनमा नेकपाको तर्फबाट गंगा बेल्बासे तथा बेदुराम भुषालले मनोनयन दर्ता गराएका छन् ।

प्रदेश ३ मा नेकपासहित कांग्रेस र नेमकिपाले गर्‍यो उम्मेदवारी दर्ता

यस्तै नेपाली कांग्रेसको तर्फबाट हरीशरण श्रेष्ठ र छलीकुमारी शर्मा उपाध्यायले मनोनयन दर्ता गरेका छन् । साथै नेमकिपाको तर्फबाट कृष्णबहादुर तामाङ र गीता काफ्लेले मनोनयन दर्ता गराएका छन् ।


राष्ट्रिय सभा निर्वाचनका लागि १८ पदमा निर्वचान हुन गइरहेको छ । जसको लागि आइतबार ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

प्रकाशित : पुस २०, २०७६ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?