२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

उपभोक्ता समिति गठन गर्दा झडप, ६ जना घाइते

कृष्ण थापा

नुवाकोट — लिखुगाउँपालिका–५ थानसिङमा बाटो बनाउनका लागि उपभोक्ता समिति गठन गर्ने क्रममा झडप भएको छ । झडपका क्रममा लिखुगाउँपालिका तरुण दलका अध्यक्ष निर्भिक पाठकसहित आधा दर्जन स्थानीय घाइते भएका छन् ।

पाठकसहित ३ जना सख्त घाइते भएका छन् भने अन्य सामान्य घाइते छन् । अध्यक्ष पाठकलाई पछाडिबाट धारिलो प्रहार गर्दा सख्त घाइते भएको नेविसंघका अध्यक्ष उत्तम पाठकले जानकारी दिए । उक्त बाटो दोबाटे आठबिसे डिबैगचा जाने सडक निर्माण उपभोक्ता समिति गठन गर्न लाग्दा झडप भएको थियो ।


घाइतेहरुलाई उपचारका लागि काठमाडौं लगिएको छ । झपडका क्रममा सडकबाट कामका लागि जाँदै गरेको एउटा गाडीसमेत तोडफोड भएको छ । झडप भएपछि सदरमुकाम विदुरबाट २४ जना नेपाल प्रहरी र २३ जना सशस्त्र परिचालन गरिएको छ । उक्त बाटो लिखुगाउँपालिका ५, ६ र ककनी गाउँपालिका ८ जोडिने छ ।

प्रकाशित : पुस १७, २०७६ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?