२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

पर्यटकलाई खादा र फूलमाला

प्रताप विष्ट

(हेटौंडा) — मकवानपुरको सिमभन्ज्याङ आएका भारतीय पर्यटक आरती सिंह थाहा नगरपालिका जनप्रतिनिधि र स्थानीयवासी फूलमालासहित खाँदा लगाएर स्वागत गर्दा दंग परिन् ।

पर्यटकलाई खादा र फूलमाला

पटनाबाट मंगलबार सिमभन्ज्याङको एक होटलमा बसेकी सिंहलाई बुधबार बिहान थाहा नगरपालिका उपमेयर खड्गबहादुर गोपाली, वडाध्यक्ष विनोद लामा लगायतले स्वागत गरेका थिए । सिंहसँग आएका अरु पर्यटकलाई समेत खादा ओढाएर स्वागत गरिएको थियो ।


थाहा नगरपालिकाले भ्रमण वर्ष २०२० को पहिलो दिन अर्थात् जनवरी फस्टमा सिमभन्ज्याङ, दामन र चित्लाङमा आउने पर्यटकहरुलाई स्वागत गर्ने कार्यक्रम राखेको थियो । थाहा नगरपालिका–४ स्थित सिमभन्ज्याङ र दामन क्षेत्रका होटल र लजहरु भरतीय पर्यटकहरुले भरिभराउ छन् ।


थाहा नगरपालिकाका चित्लाङ होटल र होमस्टेहरु पनि आन्तरिक र वाह्य पर्यटकहरुबाट खचाखच छन् । चित्लाङमा बुधबार आउने पर्यटकलाई थाहा नगरपालिकाका मेयर लवशेर विष्ट फूलमालासहित स्वागत गरेका थिए । चित्लाङमा अधिकांश पर्यटक ईन्द्रसरोवरमा डुंगा सयर गर्न आउने गरेका छन् ।


यसैगरी हेटौंडा उपमहानगरपालिका—११ मा रहेको सहिद स्मारकमा बुधबार आउने पहिलो स्वदेशी एवं विदेशी पर्यटकहरुलाई स्वागत गरियो । स्मारकमा बिहानै आउने भारतीय र सिन्धुलीका पर्यटकलाई जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्वागत गरेका थिए ।


अंग्रेजी नयाँ वर्षको अवसरमा महिलाहरुले हेटौंडाबाट सहित स्मारकसम्म स्कुटी र्‍याली निकालेका थिए ।

प्रकाशित : पुस १६, २०७६ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?