इन्द्रसरोवरमा प्याराग्लाइडिङ 

हेटाैंडा — प्रदेश ३ सरकारले मकवानपुरको इन्द्रसरोवरमा प्याराग्लाइडिङको परीक्षण उडान गरी अंग्रेजी नयाँ वर्षसँगै पर्यटन वर्ष २०२० को स्वागत गरेको छ ।

इन्द्रसरोवरमा प्याराग्लाइडिङ 

मानवनिर्मित इन्द्रसरोवर जलाशय किनारमा पर्यटन वर्षमा व्यावसायिक उडान गर्ने गरी मंगलबार प्याराग्लाइडिङको परीक्षण गरिएको हो । इन्द्रसरोवरको गुम्बाडाँडाबाट ४ जना प्याराग्लाइडरले उडान गरेका थिए ।


उडान गर्ने प्यराग्लाइडरहरू इन्द्रसरोवरका विशाल लामा, पोखराका पवन शर्मा, नारायणप्रसाद तिवारी र दावा शेर्पा हुन् । इन्द्रसरोवरबाट करिब पाँच सय मिटर उचाइमा रहेको गुम्बाडाँडाबाट प्याराग्लाइडिङ उडान उपयुक्त रहेको प्याराग्लाइडर विशालले बताए । ‘उपयुक्त ठाउँ छ, करिब आधा घण्टा आकाशमा उडेर यस क्षेत्रका मनोरम दृश्यावलोकन गर्न सकिन्छ,’ उनले भने ।


पर्यटन वर्ष लक्षित गरी आवश्यक प्रक्रिया पूरा गरेर प्याराग्लाइडिङको व्यावसायिक उडान गर्ने गाउँपालिका अध्यक्ष जीवन लामाले बताए । ‘हामीले पर्यटन वर्षको मुख्य आकर्षणको रूपमा इन्द्रसरोवर जलाशयमा मोटरबोटसँगै प्याराग्लाइडिङ थप गर्छौं,’ उनले भने ।

प्रकाशित : पुस १६, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?