२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

धादिङको त्रिपुरासुन्दरीमा जीप दुर्घटना हुँदा ९ जना घाइते

हरिहरसिंह राठौर

धादिङ — धादिङको त्रिपुरासुन्दरी–७ दलदले लपाङमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइते हुनेहरुमा ७ जना पुरुष र २ जना महिला रहेका छन् ।

धादिङको त्रिपुरासुन्दरीमा जीप दुर्घटना हुँदा ९ जना घाइते

रुबीभ्यालीको बोराङबाट धादिङबेसीतर्फ आउँदै गरेको ग १ ज ६७५० नम्बरको मुस्ताङ जिप एक्कासी भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

दुर्घटनामा घाइतेहरुको खहरेबाट खटिएको प्रहरी टोली र स्थानीयद्वारा उद्धार गरिएको थियो । घाइतेहरुको जिल्ला अस्पताल धादिङबेसीमा उपचारपश्चात गम्भीर घाइते २ जनालाई थप उपचारका लागी काठमाडौं रिफर गरिएको उद्दारमा संलग्न नेपाल रेडक्रसका नारायण श्रेष्ठले बताए ।

गम्भीर घाइते हुनेहरुमा जलबहादुर तामाङ र कर्णबहादुर तामाङ रहेका छन् । सवारी चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रकाशित : पुस १५, २०७६ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?