कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पञ्चेबाजामा मन्त्री छमछमी

राजकुमार कार्की

सिन्धुली — सनई, टेम्को, दमाहा र झ्याम्टा लिएर केही युवतीहश्र मञ्चमा प्रवेश गरे । पञ्चेबाजामध्येका ती बाजामा धुन निकालेर उनीहरुले जब बाजा बजाउन थाले । मञ्चमा प्रमुख अतिथि रहेका ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल पनि कम्मर मर्काइ मर्काइ नाच्न थाले । उनलाई प्रदेशसभा सदस्य प्रदीप कटुवाल र गोलन्जोर गाउँपालिका प्रमुख पुष्पबहादुर कार्कीले साथ दिए । पञ्चेबाजाको धून र अतिथिले कम्मर मर्काउँदा दर्शकदिर्घामा तालीको गड्गडाहट भयो ।

पञ्चेबाजामा मन्त्री छमछमी

पञ्चेबाजामै नरसिंह र कर्णाल भने कलाकार युवाहरुले बजाएका थिए । छिमेकी जिल्ला रामेछाप घर भएका मन्त्री ढुंगेलले पञ्चेबाजाले संस्कृनित झल्काएको सुनाए ।


सिन्धुली कलाघरका कलाकारहरु पञ्चेबाजामा मात्र सिमित भएनन्, भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा सुरु भएको ‘प्रथम बृहत सिन्धुली खुर्कोट महोत्सव २०७६’ मा उनीहरुले लोपोन्मुख खैंजडी भजन पनि प्रस्तुत गरे  ।

‘खुर्कोटको दिगो विकास अर्थतन्त्रको आधार, पर्यटन र उद्योग पूर्वाधार’ भन्ने मूल नाराका साथ पुस १९ गतेसम्म सञ्चालन हुने उक्त महोत्सको प्रदेश–३ का आर्थिक मामिला तथा योजन मन्त्री ढुंगेलले उद्घाटन गरेका थिए । निर्माणधिन नेपालको १० वटा स्मार्ट सिटिमध्ये एक रहेको खुर्कोटको विकासका लागि कसैले छेक्न नसक्ने उनले कार्यक्रममा बताए । उनले यस्ता मेला महोत्सवले स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धन तथा विकासमा समेत सहयोग पुग्ने बताए ।

खुर्कोट बजार व्यवस्थापन समितिको आयोजनामा भएको उक्त महोत्सवमा स्थानीय उत्पादन, लघु उद्यम तथा अन्य विभिन्न किसिमका ६५ वटा स्टल राखिएको छ । महोत्सव ५० हजार जनाले अवलोकन गर्ने बताइएको छ ।

प्रकाशित : पुस १०, २०७६ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?