कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सडकबाट मिनी ट्रक खस्दा २ को मृत्यु, ६ घाइते 

कृष्ण थापा

नुवाकाेट — विदुर नगरपालिका ६ मुल्थलाबाट चैनपुरतर्फ कामदार बोकेर जाँदै गरेको ट्रक सडकबाट खस्दा २ जनाको घटनास्थलमा मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

सडकबाट मिनी ट्रक खस्दा २ को मृत्यु, ६ घाइते 

आइतबार बिहान ८ बजे सडकको काम गर्ने कामदार बोकेर चैनपुर जाँदै गरेको बा २ ख ७९१० नम्बरको मिनि ट्रक सडकबाट ५० मिटर तल खसेकाे थियो ।

मृत्यु हुनेमा खोटाङका १९ वर्षीय अबिरल तामाङ र रसुवाको चाइनिज भनिने १८ वर्षीय सह–चालक सुदिप तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजेश थापाले बताए ।


घाइते हुनेमा जाजरकोट भेरी नगरपालिका–३ का २२ वर्षीय शंकर सुना, २७ वर्षीय हेमराज(गहतरज) ठकुरी, १८ वर्षीय विमल सुनार, वडा नम्बर ५ का तिलक खत्री, विदुर नगरपालिका–६ का ४५ वर्षीय सचितकुमार रिमाल र ककनी गाउँपालिका–१ का २८ वर्षीय गणेश बलामी छन् । उनीहरुको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । बलामी उक्त गाडीका चालक हुन् ।

एक घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

प्रकाशित : पुस ६, २०७६ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?