काठमाडौं विश्वविद्यालयको २५ औँ दीक्षान्त, १५ सय दीक्षित

काभ्रे — काठमाडौं विश्वविद्यालय (केयू) को पच्चीसौं दीक्षान्त समारोहको दोस्रो चरणमा १ हजार ५
सय ४६ जना दीक्षित भएका छन् । १६ जना पीएचडी, ५५ जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका १ हजार , ५ सय ४६ जनाले उपाधि लिएका हुन् ।

काठमाडौं विश्वविद्यालयको २५ औँ दीक्षान्त, १५ सय दीक्षित

कुलपति रहेका प्रधानमन्त्री स्वास्थ्यस्थितिका कारण सहभागी हुन नसकेपछि सहकुलपति रहेका शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा समारोह भएको हो । प्रधानमन्त्रीको शुभकामना सन्देश रजिस्ट्रार सुवोध शर्माले पढेर सुनाए ।


आर्टसका २ सय ११ जना, एजुकेसनका १ सय ६८ जना, इन्जिनियरिङका ३ सय ७१ जना, कानुनका ४१ जना, व्यवस्थापनका ४ सय ८३ जना र विज्ञानका २ सय ६० जना दीक्षित भएको रजिष्ट्रार सुवोध शर्माले जानकारी दिए । दीक्षितमध्ये पुरुष ८ सय ६७ र महिला ६ सय ७९ छन् ।


चान्सलर स्वर्णपदक सनिला ड‌ंगोल, भाइस चान्सलर स्वर्णपदक सृष्टि शाक्य, रणबहादुर शाह स्वर्णपदक राजेश पनेरु र जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक प्रदान स्पर्काटास ढकाललाई प्रदान गरियो ।


अर्जेन्टिना, भारत, इजरायल, जापान, केन्या, मालदिभ्स, पाकिस्तान, स्विडेन, युक्रेन, बेलायत र अमेरिका गरी ११ देशका १३ जना विदेशी विद्यार्थी पनि दीक्षित भएका छन् । पहिलो चरणमा भएको मेडिकलतर्फका दीक्षान्तमा १ हजार ६ सय ०४ विद्यार्थी दीक्षित भएका थिए । दुवै चरणको कार्यक्रममा गरी पच्चीसौं दीक्षान्तमा ३ हजार १ सय ५० दीक्षित भएका छन् । कार्यक्रममा ल्यान्ड म्यानेजमेन्ट विषयमा पहिलोपटक पीएचडी उपाधि प्रदान गरियो । नेपालमै पहिलोपटक कार्यक्रम सुरु गरिएको बीई इन केमिकल इन्जिनियरिङका स्नातकहरू पनि त्यही कार्यक्रममा पहिलोपटक दीक्षित भएका थिए । २०४८ सालमा स्थापना भएको विश्वविद्यालयबाट हालसम्म ३१ हजार ९ सय ४३ दीक्षित भएका छन् ।


सहकुलपति रहेका मन्त्री पोखरलेलले सिकेका सिपलाई व्यवहारमा ल्याउन अनुरोध गर्दै सरकारले स्वदेशमा नै काम गर्ने बातावरण तयार गरिरहेको दाबी गरे ।


चिनिया वैज्ञानिक तथा थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रेसिडेन्ट डाक्टर इडेन वाई वुनले दीक्षान्तमा सम्बोधन गरेका थिए ।

प्रकाशित : पुस ४, २०७६ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?