२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

उच्च पहाडमा हिमपात

काठमाडौँ — प्रदेश ३ का विभिन्न जिल्लाको उच्च पहाडी क्षेत्रमा शुक्रबारदेखि हिमपात सुरु भएको छ । दोलखाको कालिञ्चोक, रसुवाको लाङटाङ, रामेछापको गुप्तेश्वर क्षेत्र र काठमाडौंको चन्द्रागिरि डाँडामा हिउँ परेको छ । यस वर्षको जाडो मौसममा पहिलोपटक हिमपात सुरु भएको हो ।

उच्च पहाडमा हिमपात

हिमपातपछि दुई हजार मिटरभन्दा माथि दोलखा सदरमुकाम चरिकोटलगायतका क्षेत्रमा चिसो बढेको छ । सिमसिम पानी परिरहेकाले जनजीवन कठिन बन्दै छ । यसैगरी, रसुवाको उच्च हिमाली भूभागमा पनि हिमपात भएको छ । पर्यटकीय क्षेत्र लाङटाङमा हिमपात भइरहेको वडाध्यक्ष सुप्पा तामाङले बताए । जिल्लाको उत्तरी भेग लाङटाङ, क्याङ्जिन, गोसाइँकुण्ड, धुन्चेको लेक, चोलाङपाटी, लौरीबिना, चन्दनबारीलगायत ठाउँमा हिमपात भइरहेको हो ।


रामेछापको उमाकुण्ड गाउँपालिकास्थित गुम्देल, वाम्ती, कुभुकास्थली, प्रिती र गुप्तेश्वर क्षेत्रमा बाक्लो हिमपात भएको छ । गोकुलगंगा गाउँपालिकाको चुचुरे, ठोसे, रस्नालु र बेतालीको माथिल्लो भेगमा हिउँ परेको छ । दोरम्बा गाउँपालिकामा पर्ने शैलुङमा तीन फिटसम्म हिउँ जमेको स्थानीय दावाशङ्बु शेर्पाले बताए । डडुवा र गौश्वारामा बाक्लो हिउँले जनजीवन कष्टकर छ । शैलुङ र वाम्तीतर्फका सडकमा यातायात साधन अवरुद्ध भएका छन् । पानी पर्ने क्रम रोकिएको छैन ।

प्रकाशित : मंसिर २८, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?