रामेछापको उच्च पहाडी क्षेत्रमा हिमपात

टीकाप्रसाद भट्ट

रामेछाप — शुक्रबार बिहानैदेखि मौसममा भएको बदली र वर्षापछि रामेछापको उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ । हिमपात र वर्षाले कतिपय क्षेत्रमा यातायात समेत प्रभावित भएको छ ।

रामेछापको उच्च पहाडी क्षेत्रमा हिमपात

उमाकुण्ड गाउँपालिकाको गुम्देल, वाम्ती, कुभुकास्थली, प्रिती र गुप्तेश्वर क्षेत्रमा बाक्लो हिमपात भएको छ । वाम्तीको देउराली, गुम्देलको सेर्दिङ, रस्नालु र गुप्तेश्वरको तामेडाडाँमा केही वर्षयताकै बाक्लो हिमपात भएको हो । यसैगरी गोकुलगंगा गाउँपालिकाको चुचुरे, ठोसे, रस्नालु र बेतालीको माथिल्लो भेगमा हिउँ झरेको छ ।


दोरम्बा गाउँपालिकामा पर्ने शैलुङमा ३ फिटसम्म हिउँ जमेको स्थानीय दावाशङ्बु शेर्पाले बताए । डडुवा र गौश्वारामा बाक्लो हिउँले जनजिवन कष्टकर छ । शैलुङ र वाम्तीतर्फका सडकहरुमा यातायात साधन अवरुद्ध भएका छन । पानी पर्ने क्रम रोकिएको छैन । राति अझ धेरै हिमपात हुने अनुमान स्थानीयले गरेका छन् ।

प्रकाशित : मंसिर २७, २०७६ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?