रसुवाको उत्तरी भेगमा हिमपात 

बलराम घिमिरे

रसुवा — वर्षासँगै शुक्रबार जिल्लाको उच्च हिमाली भू-भागमा हिमपात भएको छ  । पर्यटकीय क्षेत्र लाङटाङमा हिमपात भइरहेको त्यहाँका वडा अध्यक्ष सुप्पा तामाङले बताए । हिमपात र वर्षाको कारण जिल्लाको उत्तरी क्षेत्रमा जाडो बढेको छ भने स्थानीय बासिन्दाको जनजीवन प्रभावित भएको छ । 

रसुवाको उत्तरी भेगमा हिमपात 

जिल्लाको उत्तरी भेग लाङटाङ, क्याङजिन, गोसाइकुण्ड, धुन्चेको लेक, चोलाङपाटी, लौरीबिना, नगथली, चन्दनबारी लगायतका विभिन्न ठाउँमा हिमपात भइरहेको छ ।


चिसो धेरै भएपछि स्थानीय घर बाहिर निस्कन सकेका छैनन् । वर्षा र हिमपातको कारण कृषक भने खुसी भएका छन् ।


प्रकाशित : मंसिर २७, २०७६ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?