कालिञ्चोकमा हिमपात

कान्तिपुर संवाददाता

दोलखा — धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक क्षेत्रमा हिमपात सुरु भएको छ । हिमाली जिल्ला दोलखाको उच्च पहाडी क्षेत्रहरुमा पनि हिउँले सेतो देखिन थालेको छ ।

ZenTravel

यसवर्षको जाडो मौसममा पहिलोपटक हिमपात भएको हो । हिमपात भएपछि दुई हजार मिटरभन्दा माथि सदरमुकाम चरिकोटलगायतका क्षेत्रहरुमा चिसो बढेको छ । सिमसिम पानी परिरहेकोले जनजीवन प्रभावित भएको छ ।

Meroghar

प्रकाशित : मंसिर २७, २०७६ ११:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

संगीता तिमिल्सेना 

बाजुरा — स्वामीकार्तिक गाँउपालिका-१ साप्पाटाकी २४ वर्षीया निर्मला विक र उनको नजवात शिशुलाई हेलिकप्टरमार्फत उद्धार गरेर नेपालगञ्ज लगिएको छ । विक र नवजात शिशुको कोहलपुर मेडिकलमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए ।


सुत्केरी व्यथा लागेकी निर्मलालाई आफन्तले बुधबार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएका थिए। उल्टो रहेको बच्चालाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा निकालिएको थियो। बुधबार बच्चा निकालिए पनि आमा र बच्चाको अवस्था थप जटिल बन्दै गएपछि बिहीबार हेलिकेप्टरबाट उद्धार गरिएको हो।

बुधबारबाट नै नेपालगञ्ज लैजान पहल गरिएको भएपनि बिहीबार मात्रै महिला तथा बालबालिका मन्त्रालयको सहयोगमा उद्धार गरिएको प्रजिअ न्यौपानेले बताए।

'कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याउनु भन्दा पहिला नै आमाको अवस्था जटिल थियो। उनलाई सुत्केरी गराउन पनि जोखिम थियो,' केन्द्रकी स्टाफ नर्स गंगा खत्रीले भनिन्, 'हेलिकप्टरबाट उद्धार गर्न ढिला भएको भए आमा र दुवैको ज्यान जान सक्थ्यो।'

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा सञ्चालन भएको छैन। गएको वर्ष आकस्मिक प्रसुति सेवा सञ्चालनको रकम फिर्ता पठाइएको बुढीन्नदा नगरपालिकाले यो वर्ष पनि स्थापना गर्नका लागि कुनै पहल गरेको छैन।

आकस्मिक प्रसुति सेवा स्थापना गर्न परिवार स्वास्थ्य महाशाखाले यो वर्ष ३० लाख बजेट विनियोजन गरेको छ। गत आर्थिक वर्ष ०७५/०७६ मा आकस्मिक प्रसुति सेवा स्थापना गरी सेवा सुचारु भइसक्नु पर्ने भएपनि काम हुन नसकेर २० लाख रकम फिर्ता गएको परिवार स्वास्थ्य महाशाखाले बताएको छ।
'अहिले पनि ३० लाख रकम कर्मचारी राख्नका लागि नगरपालिकामा आएको छ, साउन महिनाबाट सञ्चालन गर्नका लागि बजेट आएपनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन्,' बुढिन्नदा नगरपालिकाका उपप्रमुख सृष्टी रेग्मीले भनिन्।

गएको आथिर्क वर्षमा नगरपालिकाले कर्मचारी व्यवस्थापन गर्न नसक्दा रकम फिर्ता भएको थियो। केन्द्रमा एकजना प्रसुती रोग विशेषज्ञ तथा दक्ष आकस्मिक प्रसुती चिकित्सक, एकजना स्टाफ नर्स, एकजना एनेथिसिया र एकजना कार्यलय सहयोगीको व्यवस्थापन गर्नु पर्ने छ।

प्रकाशित : मंसिर २७, २०७६ ११:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×