१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

१० केजी चरेससहित २ युवक पक्राउ

प्रताप विष्ट

हेटौंडा — लागू औषधसहित बारा जिल्लाका दुई युवकलाई प्रहरीले मकवानपुरमा बिहीबार पक्राउ गरेको छ । 
बारा पचरौटा नगरपालिका-७ का मोटरसाइकल चालक अरबिन्द कुमार पटेल र आदर्श कोतवाल गाउँपालिका- १ का सुल्तान मियाँ अन्सारीलाई १० केजी २ सय ५० ग्राम चरेससहित प्रहरीले पक्राउ गरेको हो ।

१० केजी चरेससहित २ युवक पक्राउ

भीमफेदीबाट हेटौंडातर्फ आइरहेको बा४०प ७२४० नम्बरको मोटसाइकल रोकेर प्रहरीले भैसेमा चेक गर्ने क्रममा चरेस फेला परेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।


१० वटा प्लाष्टिकमा प्याक गरेर ल्याइएको चरेस कालो झोलामा लुकाएर ल्याएका थिए । प्रहरीले मोटरसाइकलसहित २ दुवै जनालाई पक्राउ गरेर शुक्रबार सञ्चारकर्मीमार्फत सार्वजनिक गरेको थियो

प्रकाशित : मंसिर २७, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?