कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पञ्चकन्या गाउँपालिकामा कर्मचारी अभाव

नुवाकोट — नुवाकोटको पञ्चकन्या गाउँपालिकामा कर्मचारी अभावका कारण कार्यसम्पादनमा समस्या देखिएको छ । गाउँपालिकामा २९ जनाको दरबन्दी भए पनि सातजना मात्र कार्यरत छन् ।

पञ्चकन्या गाउँपालिकामा कर्मचारी अभाव

‘पर्याप्त कर्मचारी नहुँदा काम गर्न कठिनाइ भइरहेको छ,’ गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले भने, ‘बढीजसो प्राविधिक कर्मचारीको अभाव छ ।’ यहाँ आएका स्थायी कर्मचारी सरुवा मिलाएर सुगममा जाने गरेका छन् । स्थानीय प्रशासन र जिल्ला समन्वय समितिमा गुनासो गरे पनि दरबन्दीअनुसार नपठाइएको अध्यक्ष तामाङले बताए ।


शिक्षा क्षेत्र हेर्ने विद्यालय निरीक्षक र स्रोतव्यक्ति छैनन् भने माविमा अध्यापन गराउने शिक्षकको अभाव छ । गाउँपालिकाले प्राथमिक तह अध्यापन गराउने शिक्षकबाट माविका विद्यार्थीलाई पढाउने कार्य गराइरहेको छ । ‘स्वयंसेवक शिक्षक भनेर तलबभत्ता दिनेगरी व्यवस्थापन मिलाएका छौं,’ अध्यक्ष तामाङले भने । शिक्षक सेवा आयोगबाट सातजना आउने भए पनि अझै शिक्षक अपुग हुने उनले बताए । गाउँपालिकामा नौवटा मावि छन् ।


यहाँ कृषि क्षेत्रमा कुनै समस्या आए प्राविधिक ज्ञान भएका विशेषज्ञ छैनन् । खानेपानीको इष्टिमेट गर्ने प्राविधिक छैनन् । ‘खानेपानीको अत्यधिक माग छ,’ अध्यक्ष तामाङले भने, ‘प्राविधिक नहुँदा खानेपानीको काम गर्न सकिएको छैन ।’


प्रकाशित : मंसिर २७, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?